सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

महासंघ अध्यक्ष ठुलोबाबु श्रेष्ठबाट बालाजु ,गोंगबु एरिया समितिले प्रकाशन गरेको ग्रील डायरी बिमोचन

काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी संघ ,काठमाडौं पश्चिम क्षेत्र अन्तर्गत बालाजु गोंगबु एरिया समितिले ग्रील तथा स्टील ब्यवसायीहरुको हितलाई ध्यानमा राखेर ग्रील डायरी प्रकाशन गरेको छ । प्रकाशित डायरी आज एक कार्यक्रम बिच बिमोचन गरियो ।

आफ्नो संस्था को सदस्य भएका ब्यवसायी हरुको ब्यवसायमा टिपोट गर्नका लागि यो डायरी प्रभावकारी हुने एरिया समितिका अध्यक्ष गोपाल बि.क.ले बताउनुभयो । एरिया समितिको बैंक खातामा पर्याप्त रकम नभएपछि समितिका पदाधिकारी बाट सहयोग रकम उठाएर यो डायरी प्रकाशन गरिएको समितिले बताएको छ ।

ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल का अध्यक्ष ठुलोबाबु श्रेष्ठको प्रमुख आथित्यतामा भएको कार्यक्रम मा महासंघ का उपाध्यक्ष शिब बानियाँ, काठमाडौं जिल्लाका अध्यक्ष सुनिल कुमार अमात्य ,पश्चिम क्षेत्रका अध्यक्ष शैलेश ठकुरी ,पश्चिम क्षेत्रका सदस्य राज किशोर ठाकुर लगाएत बालाजु ,गोंगबु एरियाका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

ब्यवसायीहरुलाई एकरुपता मा ल्याउन केहि नयाँ कार्यक्रम ल्याउन आवस्यक रहेकोले प्रारम्भिक चरणमा यो कार्यक्रम ल्याइएको संघले जनाएको छ । मनतब्य राख्ने क्रममा पश्चिम क्षेत्रका अध्यक्ष सैलेश ठकुरीले ब्यवसायीक हक हितको लागि यो एरिया समितिले गरेको काम प्रति आफुलाई गर्व महसुस भएको बताउनु भएको थियो ।

यस्ता कार्यक्रम ल्याउने क्रममा त्रिपुरेश्वर आँखा अस्पताल र महासंघ को सहकार्यमा काठमाडौं जिल्ला ले यहि भदौ ९ र १६ गते आँखा शिविर राख्ने निर्णय भएको काठमाडौं जिल्ला का अध्यक्ष सुनिल कुमार अमात्य ले बताउनुभयो । मातहतका समितिहरुको दुख सुखमा काठमाडौं जिल्ला सदैब साथ रहने पनि अध्यक्ष अमात्यले बताउनु भयो ।

अध्यक्ष अमात्यले ग्रील तथा स्टील ब्यबसायी संघको यो कामले अन्य समितिहरुलाई समेत जागरुक बनाउन महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो ।

कार्यक्रम मा बोल्दै महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले महासंघले आफ्नो तर्फ बाट गर्नुपर्ने कामहरुमा लागि रहेको बताउनु भयो । महासंघले आम ब्यवसायीको हितको लागि प्रधानमन्त्री कार्यलय ,उद्योग मन्त्री तथा प्रतिनिधि सभाका सभामुख लाई सात बुँदे माग सहितको पत्र बुझाएको र सवै ठाउँबाट सकारात्मक प्रतिक्रिया आएकोले अब हामि आफैंले पहल गरेर गरेर अगाडी बढ्नु पर्ने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

आम ब्यवसायी हरुलाई कर को दायरामा ल्याई ग्रील ब्यवसायलाई उद्ध्योग को रुपमा बिकास गर्न यो एरियाले पछिल्लो समय अनुगमन को पाटोलाई तिब्र बनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »