सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

२०७९मा एसईई उत्रीर्ण नानि बाबुहरुलाई सम्मान गर्दै एसएलसी ब्याच २०५५

काठमाडौं । श्री शारदा उच्च माध्यमिक विद्यालय बाह्रबिसेबाट २०५५ सालमा एसएलसी दिएका बिद्यार्थीहरुको समुहले २०७९मा एसईई उत्रीर्ण नानि बाबुहरुलाई सम्मान गर्ने भएका छन् ।
एउटै ब्याचमा पढेका आफ्ना सहपाठीका नानि बाबुहरुलाई पढाईमा थप प्रेरणा मिलोस् भन्ने उदेश्यका साथ बिगत केहि बर्षबाट यो कार्यक्रम गरिदै आएको छ ।
२०५५ सालमा एसएलसी दिएर स्कुल जिवनबाट अलग्गिएका साथिभाईहरु लाई भेटघाट गर्ने वातावरण तयार गर्न पनि यो कार्यक्रमले थप टेवा पुग्ने कार्यक्रम आयोजक पक्षले जनाएको छ ।
लामो समय श्री शारदा उच्च माध्यमिक विद्यालय बाह्रबिसेमा रहनुभएका यम बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा हुने कार्यक्रम ग्वार्को ललितपुरमा रहेको टि एण्ड बि रेष्ट्रो मा हुने भएको छ ।
आयोजक समितिका अध्यक्ष उमेश श्रेष्ठले एसएलसी ब्याच २०५५का सबै सहपाठीहरुलाई सहभागिताको लागि आह्वान समेत गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »