सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लागु औषध दुर्व्यसन न्युनिकरणको लागि बिभिन्न संस्थाको समन्वयमा अन्तरकृया

काठमाडौं । लागु औषध दुर्व्यसनको कारण आफुलाई मात्र नभएर घरपरिवार तथा समाजलाई समेत गम्भिर असर गर्ने भन्दै सुधार केन्द्रहरु सन्चालन गर्दै आएका बिभिन्न संस्थाहरुको समन्वयमा आज अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं १६ बनस्थली स्थित राजधानी ब्यङ्क्युटमा भएको कार्यक्रममा समाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो ।
नयाँ जीवन पुनः स्थापना केन्द्रको आयोजना तथा साहारा नेपाल र समर्थन नेपालको सह आयोजनामा भएको लागु औषध दुर्व्यसन न्युनिकरणको लागि अन्तरकृयामा सामाजिक क्षेत्रमा कृयाशिल बिभिन्न संघ संस्थाका प्रतिनिधि तथा ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जय शिव शम्भु सेवा समाजका संरक्षक तथा धार्मिक अभियन्ता रामबाबा, अध्यक्ष अर्जुन थापा ,प्रगतिशिल नागरिक मन्चका अध्यक्ष रविन्द्रकुमार श्रेष्ठ, रास्वपा काठमाडौं १६ का नेता दिनेश श्रेष्ठ,बाईकमति नेपालका अध्यक्ष भाईकाजि महर्जन,गिता कृष्ण ट्रेकिङका अध्यक्ष सन्तोष ढुंगेल, आत्माज्ञान सामाखुसी बाट अक्कल बहादुर के.सी.र लक्ष्मि कडारीया, न्यु लाईफ पुनःस्थापना केन्द्रका अध्यक्ष बिजय महर्जन, बनस्थली युथ सर्कलका अध्यक्ष सुदन रेग्मी, स्वतन्त्र नागरिक जनजागरण अभियानका संयोजक मुकुन्द सिलवाल,श्री रत्न चुडेश्वर आश्रम ब्यवस्थापन समितिका उपाध्यक्ष श्याम थापा, राप्रपाका क्षेत्रिय शभापति अनिल राना लगायतको उपस्थिति रहेको थियो ।
अन्तरकृयामा आफ्नो धारणा राख्ने बक्ताहरुले पारिवारिक बेवास्थाको कारण पनि मानिस दुर्व्यसनमा फस्न सक्ने भन्दै परिवारका सदस्यको आनिबानि र रहन सहन कस्तो छ भनेर ध्यान पुर्याउन सके परिवारको सदस्य दुर्व्यसनमा नफस्ने बताएका थिए ।
सहआयोजक संस्था साहारा नेपालका प्रकाश रानाले समाजमा रहेकादुर्व्यसनीहरुलाई सहि मार्गमा ल्याउन बिभिन्न सुधारकेन्द्रहरुले सकारात्मक कार्य गरिरहेको भए पनि यसलाई सन्चालन गर्न ठुलो चूनौति रहेको बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »