सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एनआरएनएको बैंक खाता रोक्का गर्न निवेदन आरके शर्माद्वारा परराष्ट्रमा आधिकारिकताका लागि कागजात पेश

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आधिकारिकताका लागि प्रयास गरिरहेका अध्यक्ष आरके शर्माले संघको नाममा रहेका विभिन्न बैंकको खाता रोक्काका लागि निवेदन दिएका छन् ।

११ औँ महाधिवेशनअघि कोषाध्यक्षको भूमिकामा रहेका लोक दाहाल र सुनिल साहमार्फत शर्माले विभिन्न बैंकमा रहेका १८ वटा खाता बन्द गर्न निवेदन दिएका हुन् । निबर्तमान कोषाध्यक्ष एबं बर्तमान सचिव दाहालले केही बैंकका खाटाहरु बन्द भएको र अन्य बैंकहरुमा पत्राचार भएको बताए ।

यसबारे परराष्ट्र र संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्र कुमार राउतलाई पनि जानकारी गराइएको महासचिव बुद्धि सुवेदीले जानकारी दिए । बैंकहरुलाई पत्राचारका साथै आइतबार सीईओलाई पनि तत्काल खाता सञ्चालन नगर्न भनेर हामीले मौखिक रुपमा समेत भनेका छौँ’, उनले भने ।

आइतबार अध्यक्ष शर्मासहितका पदाधिकारीहरु नियमित कार्यसञ्चालनका लागि भन्दै बालुवाटारस्थित संघको कार्यालयमा पुगेका थिए । उनले सीईओसहितका कर्मचारीहरुसँग छलफल समेत गरेका छन । सो क्रममा शर्माले संघको नाममा रहेका कुनैपनि बैंक खाताबाट तत्काल आर्थिक कारोबार नगर्न र कार्यालयको साँचो जिम्मा लगाउन सीईओलाई आग्रह गरेका थिए ।

तर, सो क्रममा राउतले संघको सम्पूर्ण तालाचाबी बद्री केसीसँग रहेको जानकारी गराएका थिए । भेटपछि संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष शर्माले एनआरएनएको १८ वटै बैंक खातामा विश्वभरका नेपालीहरुको सम्पत्ति रहेकाले कुनै अमुक र स्वघोषित अध्यक्षको निर्देशनमा संचालन गरिनु अवैध हुने भएकाले तत्काललाई रोक्का गरिएको बताए । ‘संघको आधिकारिक बैंक खातामा रहेको पैसा आफूखुशी चलाउन पाइँदैन ।

विधि र प्रक्रिया पुरा गरिसकेपछि हामी त्यसलाई पुनःसंचालनमा ल्याउँछौं । कार्यालयको सचिवालय पुनसंरचना गरी व्यवस्थित ढंगले चलाउँछौं । स्वघोषित अवैध समितिले सचिवालय र बैंक खातामा हस्तक्षेप गर्ने प्रयास गरे त्यो किर्ते र अवैधानिक हुनजान्छ ,’ अध्यक्ष शर्माले भने । आईतवार अध्यक्ष आरके शर्मा,उपाध्यक्ष खगेन्द्र न्यौपाने,गंगाधर गौतम, महासचिव बुद्धि सुवेदी,उपमहासचिव सोम सापकोटा,सचिव लोक दाहाल,युरोप संयोजक चिन्तामणि सापकोटा,सहसंयोजक भिमसेन थापासहितका पदाधिकारीहरु एनआरएनए अफिस पुगेका थिए ।

उनिहरुले एनआरएनए अफिसका कर्मचारीहरुलाई कसैको लोभ लालचमा नपरि आफ्नो जिम्मेवारी पुरा गर्न निर्देशन दिएका छन । शर्माको नेतृत्वमा मुख्य कार्यालय पुगेको टोलीले एनआरएनएको आधिकारिक नेतृत्व आफूहरुको भएकाले आफुहरुसँग सल्लाह लिएर मात्रै थप कार्य गर्न सीईयो राउत,आईटी प्रमुख महेश श्रेष्ठलाई निर्देशन दिएका छन ।

उनिहरुले कर्मचारीको गलत प्रबृतीका कारण पनि समस्या खडा भएकाले अव आईन्दा गल्ति नदोहोर्याऊन चेतावनी दिदै कसैको उक्साहटमा लागेर काम नगर्न चेतावनी दिएका छन । उपस्थित एनआरएनएका नेताहरुले एनआरएनए मुख्य कार्यालयमा धेरै ठुलो भस्ट्राचार र मनोपोली रहेको जनाउदै अनावस्यक खर्च नगर्न निर्देशन दिए ।

उनिहरुले केही दिन पहिले सोल्टी होटलमा भएको अधिवेसनमा पनि ठुलो गडबड भएको जनाउदै कार्यालयमा अनाबस्यक बोन्सर तत्काल हटाई खर्च घटाउन भनेका छन । उनिहरुले बिश्वमा रहेका नेपालीहरु बाट संकलित रकमको दुरुप्रयोग गर्नेलाई छुट नहुने बताए । शर्माले नेतृत्व गरेको एनआरएनए आइसीसीले आधिकारिकताको दाबी गर्दै शुक्रबार नै परराष्ट्र मन्त्रालयमा निवेदन दिएको थियो ।

आइतबार शर्मासहितका पदाधिकारीले परराष्ट्रमा पुगेर आधिकारिकताका लागि आवश्यक डकुमेन्टहरु पेश गरेका छन् । आफूहरुले सहसचिव अमृत राईलाई आधिकारिकताको निवेदनअनुसार आवश्यक प्रमाणहरु हस्तान्तरण गरेको भन्दै महासचिव सुवेदीले छिट्टै फाइल अध्ययन गरेर प्रक्रिया अघि बढाउने आश्वासन दिएको बताए ।

राईले धाँधली भएको कुरा विभिन्न माध्यमबाट आएको भन्दै मन्त्री एनपी साउदसँग परामर्श गरेर नियमसंगत ढंगले अघि बढ्ने कुरा बताएका छन । अनलाइन माध्यमबाट गत अक्टोबर १९ मा भएको निर्वाचनमा धाँधली भएको भन्दै बहुसंख्यक समूहले शर्माको नेतृत्वमा नयाँ कार्यसमितिको घोषणा गरेको थियो ।

सोही समितिले अधिवेशन सम्पन्न गरेको सहितका कागजपत्र पेश गर्दै परराष्ट्र मन्त्रालयमा आफूहरु आधिकारिक रहेको दावी पेश गरेको हो । उक्त निवेदन परराष्ट्रमा ११२३ नम्बरमा दर्ता गरिएको छ ।

परराष्ट्रमा दर्ता गरिएको निवेदनमा अध्यक्ष आरके शर्मा, महासचिव बुद्धि सुवेदीसहित पदाधिकारीहरुको नामावली समेत पेश गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »