सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सशस्त्र प्रहरीले फेरि मोटरसाइकल सहित करिब डेढ लाख बराबरको अवैध सामान बरामद


नेपालगन्ज, यहाँस्थित नेपाल–भारत नाकाबाट तस्करी निरन्तर जारी रहेको पाइएको छ । सशस्त्र प्रहरीले पटक–पटक नाकाबाट अवैध सामान बरामद गर्दै आए पनि तस्करले अवैध आयातलाई बन्द गरेका छैनन् ।
नाकाबाट दैनिकजसो अवैध सामान बरामद गर्दैआएको प्रहरीले फेरि मोटरसाइकलसहित करिब डेढ लाख बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ।


सशस्त्र प्रहरी बल जयसपुर बिओपीले दशगजा नजिकबाट मोटरसाइकलसहित करिब डेढ लाख रुपियाँको टोपार्ट बरामद गरेको छ ।
जानकी गाउँपालिका –१ पचपोखरास्थित दशगजा नजिकबाट सशस्त्र प्रहरीले ४० इएफ ४३७६ नम्बरको मोटरसाइकलसहित १ लाख ११ हजार ६३३ रुपियाँ बराबरको टोपार्ट बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल बिओपी जयसपुरबाट सशस्त्र प्रहरी निरीक्षक रामबहादुर खत्रीको कमाण्डमा खटिएको ७ जनाको मोबाइल गस्ती टोलीलाई देखेर अवैधरुपमा सामान ल्याउँदैगरेको व्यक्ति मोटरसाइकल र सामान छाडेर भागेपछि ती सामग्री बरामद गरेर ल्याइएको सशस्त्र प्रहरी निरीक्षक खत्रीले जानकारी दिनुभयो ।
नेपालगन्ज ल्याउन लागेको चिनी र प्याज विशेष सूचनाका आधारमा प्रहरीले बरामद गरेको छ । बरामद गरिएका चिनी र प्याज आटोपार्टको अन्दाजी मूल्य १ लाख ४३ हजार ५ सय ३३ रुपियाँ छ । उक्त सामान र मोटरसाइकल आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी निरिक्षक खत्रीले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »