सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अवैध लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ स्थित चेक प्वान्टबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ९ ग्राम ५० मिलिग्रामसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा झापा बुधबारे गाउँपालिका-५ बस्ने ३० वर्षीय सन्तोष तिवारी र ऐ.ऐ.बस्ने ३९ वर्षीय हरि बहादुर बिक रहेका छन् ।

भद्रपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र०२-०३-००१ख ५५५० नम्बरको बसलाई प्रहरी प्रभाग ‍नागढुंगा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङगाबाट संयुक्त रूपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई अन्डरवेयरभित्र ३ वटा पोकामा लुकाई ल्याएको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

ईलाम, माई नगरपालिका-३ चियाकमानबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय २० मिलिग्रामसहित सोही ठाउँ बस्ने २५ वर्षीय सुदिप कुमार दनुवारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »