सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कमला बचाऔं अभियानलाई साथ दिने बाचा गरे लामिछानेले

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कमला नदी बचाऔं अभियानलाई साथ दिने बताएका छन् । आज धनुषास्थित कमला नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले सो कुरा बताएका हुन् ।

कमला बचाऔं अभियानलाई केन्द्रसम्म पुर्‍याने हुलाकी राजमार्गको मुद्दा उठाइरहने उनले बताए । त्यो जिम्मेवारी आफूले लिएको भन्दै उनले सडकदेखि सदनसम्म कुरा उठाउने बताए ।

मधेश, पहाड र हिमालको मुद्दा त्यसै स्थानले मात्रै उठाउने प्रवृत्ति रहेको बताउँदै उनले भने, ‘जब मधेशको मुद्दा देशको मुद्दा हुन्छ, पहाडको मद्दा देशको मुद्दा हुन्छ । त्यो बेला आधा भन्दा बढी जनसंख्या भएको मधेश अँध्यारोमा बस्नु पर्दैन ।’

मधेशले आफूलाई ऋणी बनाएको भन्दै लामिछानेले उक्त ऋण व्याजसहित तिर्ने बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »