सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड

काठमाडौं । अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ७४ पैसा पुगेको छ भने खरिददर मूल्य १३३ रुपैयाँ १४ पैसा कायम भएको छ ।

डलरको यो मूल्य अहिलेसम्मकै उच्च हो । अमेरिकी डलरको मूल्य बढ्नु भनेको नेपाली मुद्रा थप कमजोर हुनु हो ।

डलरको मूल्य बढ्दा रेमिट्यान्स क्षेत्रमा आन्तरिक रुपमा फाइदा देखिने गरेको छ । डलरको मूल्य बढ्दा सामान्यतः खाडी मुलुकका मुद्राको भाउ पनि बढ्ने गरेको छ ।

जसले गर्दा नेपालमा रेमिट्यान्सले धेरै भाउ पाउँछ ।

आन्तरिक रुपमा लाभ देखिए पनि वैदेशिक मुद्रा बजारमा कमजोर हुनुले आयातमा निर्भर नेपाललाई बेफाइदा हुने गरेको छ ।

अन्य मुलुकसँग नेपालको व्यापार घाटा ठूलो रहेकाले डलरको मूल्य बढ्दा नेपाललाई नोक्सानी बढी हुन्छ । नेपालमा मासिक १४० अर्ब रुपैयाँ बराबरको विदेशी सामान आयात हुने गरेको छ भने नेपालबाट मुस्किलले मासिक १३ अर्बको सामान निर्यात हुने गरेको छ । यति ठूलो ब्यापार घाटाको खाडल रहेकाले अमेरिकी डलरको मूल्य बढ्दा आयातित वस्तुका लागि धेरै विदेशी मुद्रा खर्चिनुपर्छ भने स्वदेशमा ती वस्तुको मूल्य समेत बढ्न जान्छ ।

सबैभन्दा धेरै आयात हुने पेट्रोलियम पदार्थ, सवारीसाधन तथा पार्टपूर्जा औद्योगिक कच्चा पदार्थ समेत महँगिन जान्छ । उहीं परिमाण आयात गर्दा पनि धेरै विदेशी मुद्रा खर्चिनुपर्छ ।

डलरका कारण पेट्रोलियम पदार्थको मूल्य समेत बढ्ने भएकाले समग्र ढुवानी लागत बढ्दछ । त्यस्तै विदेशी कच्चा पदार्थमा निर्भर स्वदेशी उत्पादनको भाउ महँगिन्छ । समग्रमा डलर महँगिदा विदेशी मुद्रा सञ्चितिमा नकारात्मक असर पुग्ने र नेपालको महँगी नै बढ्न जान्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »