सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चाँदीको मूल्य बढ्यो, सुनको घट्यो

काठमाडौं । साताको अन्तिम दिन शनिबार सुनको मूल्य घटेको र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्दा चाँदीको मूल्य २० रुपैयाँले बढेको छ ।

महासंघकाअनुसार आज सुनको मूल्य तोलामा एक लाख १९ हजार, तेजावी सुनको मूल्य एक लाख १८ हजार ४५० र चाँदीको मूल्य एक हजार ५ सय ४० रुपैयाँ कायम भएको छ । यो मूल्य सुनको रेकर्ड मूल्यबाट केही तल झरेको हो ।

बिहीबार सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड मूल्यमा स्थिर थियो । हिजो छापावल सुनको मूल्य एक लाख १९ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख १८ हजार ७५० र चाँदी एक हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »