सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाजसेवी गंगा पन्त मित्रनगर विकास तथा सुधार समितिको अध्यक्षमा निर्वाचित

काठमाडौँ। काठमाडौँको नयाँबसपार्कमा सञ्चालित मित्रनगर विकास तथा सुधार समितिको अध्यक्षमा गंगा पन्त निर्वाचित हुनुभएको छ ।
समितिको आज सम्पन्न १५ औँ वार्षिक साधारणसभा तथा अधिवेशनले वरिष्ठ समाजसेवी पन्तको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । नवनिर्वाचित अध्यक्ष पन्त विगत दुई दशकदेखि महिला अधिकार क्षेत्रमा क्रियाशिल जुजारु नेत्री हुनुहुन्छ । उहाँले नयाँ बसपार्क क्षेत्रमा हुने महिला हिंशाका विरुद्ध शशक्त आवाज उठाउँदै आउनुभएको छ ।

पन्तको अध्यक्षमा निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रुद्र दाहाल, प्रथम उपाध्यक्ष ज्ञानेश्वर गुरुङ, द्धितीय उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, महासचिव कृष्णबहादुर भण्डारी, सचिवद्धयमा शिवशरण डङ्गोल र हेमबहादुर श्रेष्ठ, कोषाध्यक्षमा रामप्रसाद खतिवडा र सहकोषाध्यक्षमा लक्षीनप्रसाद गुरुङ निर्वाचित हुनुभएको निर्वाचन समितिको सदस्य निर्मला श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै, सदस्यमा बुद्ध महर्जन, चुडामणी निरौला, मञ्जु कार्की, लिलाकुमारी गुरुङ, सुनिरा प्रधानाङ्ग, सोनु महर्जन, मीना दवाडी र जस्मीना श्रेष्ठ निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »