सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

संसद सचिवालयका कर्मचारीमाथि आफ्नै सहकर्मीले गरे हातपात

काठमाडौं । संघीय संसद सचिवालयका एक कर्मचारीमाथि उनकै सहकर्मीले हातपात गरेका छन् ।

मंगलबार संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले शाखा अधिकृत सिर्जना तण्डुकारलाई झापड हानेको सचिवालय स्रोतले बताएको छ ।

उपसचिव गैरेले एउटा प्रतिवेदनमा आफ्नो नाम छुटेको विषयमा असन्तुष्टि जनाएको विषय बढ्दै जाँदा अधिकृत सिर्जना तण्डुकारलाई झापड हानेको स्रोतको भनाइ छ ।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले उक्त घटना आफ्नो जानकारीमा रहेको प्रतिक्रिया दिए । यो विषयमा सभामुख देवराज घिमिरेले पनि दुवै कर्मचारीलाई बोलाएर छलफल गरेको स्रोतको दाबी छ ।

सचिवालयका एक अधिकारीका अनुसार बिहान ११ बजे तण्डुकारको कार्यकक्षमा प्रवेश गरेका उपसचिव गैरेले ‘मैले गरेको काम बिगार्ने तैं होइनस्’ भन्दै झापड हानेका थिए । संसद सचिवालयकै स्वास्थ्य शाखामा स्वास्थ्य जाँच गर्दा कुटपिट पुष्टि भएको ती अधिकारीको भनाइ छ ।

भर्खरै

सम्बन्धित खबर

Language »