सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भुकम्प पीडितका घर बनाउँदै – बाँकेका युवा संघ


नेपालगन्ज , बाँकेबाट गएको युवा संघको टोलीले जाजरकोट रिम्नामा दर्जनबढी घर निर्माणमा सहयोग गरेको देखिएको छ । युवा संघ बाँकेका अध्यक्ष ज्ञानबहादुर ओलीको नेतृत्वमा गएको युवाहरुको दस्ताले सक्रिय रुपमा भुकम्पपीडितका घर टहरा निर्माण गरेको युवा संघ नेपालगन्ज उपमहानगर कमिटी अध्यक्ष विरेन्द्र थापाले बताउनुभयो ।


जाजरकोटमा भुकम्प पछि एमालेले पीडितको सहयोगमा नेता कार्यकर्ता खटाएसँगै बाँके युवा संघका पदाधिकारीदेखि युवा हरु जाजरकोट गएका थिए । करिब एक साता जाजरकोटमै बसेर उनीहरुले दर्जनबढी घर टहरा निर्माण गरी ठुलो मानवीय सहयोग गरेका छन ।
एमालेका स्वयंसेवकले बिना पैसा ८ सय १३ अस्थायी घर बनाएका छन । बाँकेबाट आएर जाजरकोटमा मानवीय सेवाभावले काम गरिएको युवा संघ बाँकेका अध्यक्ष ज्ञानु ओलीले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »