सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

समाजवादी क्रान्तिका लागि नयाँ विचारको संश्लेषण आवश्यक — प्रचण्ड

काठमाडौं । नेपाल सरकारका प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब नेपालमा समाजवादी क्रान्तिका लागि नयाँ विचारको संश्लेषण आवश्यक रहेको बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) काठमाडौं,तार्केश्वर नगर समिति द्वारा आयोजित तारकेश्वर नगर स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो भन्नु भएको
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) काठमाडौं,तार्केश्वर नगर समितिका प्रमुख जगन्नाथ राजबहाक को शभापतित्वमा भएको कार्यक्रममा केन्द्रिय नेताहरु झक्कु प्रसाद सुबेदी, हिमाल शर्मा,राजन दाहाल,सरल सहयात्री,गोविन्द बटला,सम्पर्क समन्वय समिति बागमती प्रदेशका अध्यक्ष ठुलोबाबु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले “समाजवादी क्रान्तिका लागि नयाँ विचारको संश्लेषण आवश्यक रहेको छ । अहिले हामीलाई विचार फेरि केन्द्रित गर्ने गर्नुपर्ने भएको हो । हिजो जनवादी क्रान्तिका लागि विचार संश्लेषण गरिएको थियो । हामीले गएको केन्द्रीय समितिको बैठकमा पार्टी, नेतृत्व र विचारप्रति आम केन्द्रीय समितिमा रहनुभएका साथिहरुको बुझाई के हो भन्ने एउटा नयाँ प्रयोगपछि जन्मिएको हो यो “विशेष रुपान्तरण अभियान” । अहिले अभियान देशैभरि नयाँ प्रयोगको रुपमा अगाडि बढेको छ । ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान थालेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाइने तयारी गरिँदैछ । भ्रष्टाचार विरोधी र सुशासन प्रवद्र्धनका लागि अभियान रोकिन्न । सरकारले सुशासनको पक्ष र भ्रष्टाचारका विरुद्ध अभियान थालनी गरेको छ, अहिले पनि अभियान रोकिएको छैन । भ्रष्टाचारका गम्भीर फाइल खोलेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाउने तयारीमा छु । यसका लागि सबैको साथ र सहयोग चाहिएको छ । नक्कली भुटानी शरणार्थी लगायत भ्रष्टाचार र अनियमितताका घटनालाई अनुसन्धान गरी एक चरणमा पुर्याइएको हो, नेपालको इतिहासमा यो स्तरको भ्रष्टाचारविरुद्धको अभियान कहिल्यै पनि चलेको थिएन । पहिलो पटक माओवादी केन्द्रको नेतृत्वमा यो आन्दोलन चल्यो, सफलताको उचाइमा पुग्यो । अब सुशासनको अर्को नयाँ अभियानतर्फ प्रवेश गरिन्छ ” भन्नु भयो ।
कार्यक्रममा समग्र तार्केश्वर नगरपालिका भित्रको समस्या समाधानको लागि बिभिन्न चारवटा ज्ञापनपत्र समेत प्रधानमन्त्री प्रचण्डलाई बुझाईएको थियो ।
माओवादी सरकारमा रहेकै अवस्थामा तार्केश्वरको मुख्य समस्याको रुपमा रहेको खानेपानीको समस्या समाधान गर्न सके अर्को निर्वाचनमा यहाँका आम मतदाताहरुले माओवादीलाई एक नम्बरको पार्टी बनाउन सक्ने भनेर रिपोर्टीङ भए पछि उत्साहित हुँदै प्रधानमन्त्री प्रचण्डले आजै बाट समस्या समाधानमा लाग्ने आश्वाससन समेत दिनुभएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »