सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

यू–१९ एसिया कप : पाकिस्तानलाई नेपालले दियो १५३ रनको लक्ष्य

काठमाडौं । यू–१९ एसिया कपमा नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको नेपालले ४७।२ ओभरमा अलआउट हुँदै १५२ रन बनाएको हो ।

नेपालका लागि उत्तम थापा मगर र दिपेश कँडेलले ६८ रनको महत्वपूर्ण साझेदारी गरे । ४६ मा ५ विकेट गुमाएर धरापमा परेको नेपालको ब्याटिङलाई उनीहरुको साझेदारीले निकै राहत दिएको थियो ।
उत्तमले ७६ बलमा ३ चौका र २ छक्कासहित ५१ रन बनाए । यसअघि युएईविरुद्धको खेलमा अर्धशतक बनाएका उत्तमको यो यू–१९ अन्तर्राष्ट्रियमा दोस्रो अर्धशतक हो ।

ओपनर अर्जुन कुमालले ३ विकेट जाँदासम्म एक इन्डबाट विकेट सम्हालेका थिए । उनले ३७ बलमा ३ चौकसहित २१ रन बनाए । अर्का ओपनर विपिन रावल भने ९ बलमा ७ रन जोड्दै आउट भए । कप्तान देव खनाल डक आउट भए भने गुल्सन झा बोल्ड भए ।
छैटौं नम्बरमा आएका दिपेशले ५९ बलमा २ चौका र १ छक्काको मद्दतमा ३१ रन बनाए । अन्तिम विकेटका लागि आकाश चन्द र सुवास भण्डारीले १७ रनको साझेदारी गर्दै नेपालको स्कोर १५० भन्दा माथि पु¥याउन योगदान गरे । आकाश ५ रन जोड्दा बोल्ड भए भने सुवास भण्डारी ८ रनमा अविजित रहे ।

पाकिस्तानका मोहम्मद जिसनले सर्वाधिक ६ विकेट लिए । अमिर हसनले २ र उबैद शाह र अलि अस्फन्दले समान १/१ विकेट लिए ।

भर्खरै

सम्बन्धित खबर

Language »