सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँकेमा सशस्त्र प्रहरीको अर्को दादागिरि : भन्सार चाँचपास भएको ट्रक नियन्त्रण


नेपालगन्ज, नेपालगन्ज भन्सार कार्यालय बाँकेले जाँच पास गरि पठाएको सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार कार्यालयले जाँच पासमा कैफियत गरेको आरोप लगाउँदै सशस्त्र प्रहरीले जाजरकोट भूकम्प पीडितको सामान बोकेको ट्रक न्यूरोडबाट नियन्त्रणमा लिएको हो ।


सशस्त्र प्रहरीले ट्रकको सामान राजस्व कार्यालय कोहलपुर बाँके लैजान खोजेपछि नेपालगन्जका ब्यापारीहरु आन्दोलित भएका छन् । उनीहरुले भन्सार कार्यालयले जाँच पास गरि पठाएको सामान जाँचबुझका लागि फेरि भन्सार कार्यालयमा लैजानुपर्ने माग राखेर पुष्पलाल चोकमा धर्नामा बसेको नेपालगन्ज उद्योग बाणिज्य संघ बाँकेका अध्यक्ष टंक धामीले बताउनुभयो ।


उनले भन्सार कार्यालयले जाँचपास गरि पठाएको सामान सशस्त्र प्रहरीले नियन्त्रणमा नपाइने बताए । ‘हामीले नेपालगन्ज भन्सार कार्यालय बाँकेले जाँचपास दिएको सामान जाँचबुझका लागि फेरि भन्सार कार्यालय पठाउनुपर्छ भन्ने अडान राख्यौँ, सशस्त्र प्रहरीले राजस्व कार्यालय कोहलपुर बाँके पठाउन लागेपछि धर्नामा बस्यौँ,’ उनले भने – सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको ट्रकमा जाजरकोट भूकम्पपीडितका लागि आवश्यक पर्ने कम्वल र न्यानो कपडा भएको उनले बताए । ‘सशस्त्र प्रहरीले बेला बेला ब्यापारीलाई दुख दिने गरेको छ । यो राम्रो होइन । भन्सार कार्यालयका कर्मचारीले कैफियत गरेका छन् भने उनीहरु पनि सजायको भागिदार हुनुपर्छ भन्ने हाम्रो माग छ,’ उनले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »