सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

इन्टरपोलमा रेड नोटिस जारी भएका व्यक्तिलाई दुबईमा पक्राउ गरेर नेपाल ल्याइयो

काठमाडौंं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा यूएईबाट एक आरोपीलाई पक्राउ गरेर नेपाल ल्याएको छ ।

ठगी आरोपमा अदालतबाट पक्राउ पूर्जी जारी भएका कोमलराज उपाध्यायलाई पक्राउ गरेर ल्याइएको ब्यूरोकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले अनलाइनखबरलाई बताइन् ।

‘उनीमाथि ८४ जनालाई भारतमा लगेर अलपत्र पारेको आरोप थियो’, उनले थपिन्, ‘सबैबाट गरेर १ करोड ५५ लाख ९२ हजार ५२५ रुपैयाँ ठगी गरेको जाहेरी प्रहरीसँग छ ।’

सीआईबीको अनुरोधमा इन्टरपोलले ६ जेठ २०७९ मा उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो । रेड नोटिस जारी भएपछि यसका सदस्य राष्ट्रहरुका प्रहरीले सम्बन्धित व्यक्तिलाई खोजी गर्छन् ।

लोकेट भएपछि रेड नोटिस जारी गर्न अनुरोध गर्ने राष्ट्रको प्रहरीसँग समन्वय गरेर डिपोर्ट गर्ने गरिन्छ । लोकेट भएपछि नेपाल फर्काउन इन्टरपोलको नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) काठमाडौंले समन्वय गरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »