सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँके युनेस्कोद्धारा विपन्न महिलालाई सिलाई कटाई तालिम प्रदान


नेपालगन्ज, बाँके युनेस्को क्लबले कतार च्यारेटीको सहयोगमा सञ्चालन गरेको तीन महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । तालिम समापनको अवसरमा तालिममा सहभागि विपन्न, एकल र उत्पिडित महिलाहरुलाई सिलाई मेसिन सेटसहित विभिन्न औजारहरु वितरण गरिएको छ ।


दलित, मधेसी, मुस्लिम, जनजाति लगायतका अति विपन्न र एकल महिलाको आयआर्जनका लागि कतार च्यारेटीको सहयोगमा क्लबले सञ्चालन गरेको नेपाल एकीकृत विकास परियोजना दुई अन्तर्गत सो तीन महिने सिलाई कटाई तालिम सञ्चालन गरिएको थियो ।
तालिममा २३ जना अति विपन्न, एकल महिला र सामाजिक रुपमा उत्पिडित महिलाहरुको सहभागिता रहेको थियो ।
क्लबका वरिष्ठ उपाध्यक्ष पन्चम गुरुंगको अध्यक्षतामा सम्पन्न भएको तालिमको समापन समारोहमा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, क्लबका अध्यक्ष रवि तुलाधर र कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले सहभागिहरुलाई मेसिन सहितका सामाग्री र प्रमाणपत्र वितरण गर्नुभयो ।
क्लबका अध्यक्ष तुलाधरका अनुसार तालिम अवधिमा प्रशिक्षार्थीहरूले सिलाई कटाई सिप सिकेका छन् भने उनिहरुले ब्लाउज, पेटीकोट, बाबा सुट, ट्राउजर, टोपी, एप्रन, सुलुवार, समिज, म्याक्सी र बेबी फ्रक जस्ता पहिरन सिलाउन सक्षम भएका छन् ।
क्लबका प्रमुख संरक्षक सिद्दिकीले सीमान्तकृत र खाँचोमा परेका महिलाहरूलाई आत्मनिर्भर र आर्थिक रूपमा सक्षम बनाउन सिलाई कटाई तालिम प्रदान गरिएको बताउनुभयो ।
सो तालिमपछि सहभागिहरुले आफ्नो परिवारको आधारभूत आवश्यकताहरू पुरा गर्दै शिक्षा, स्वास्थ्य र उचित हेरचाह गर्न पनि सक्षम हुने क्लबले जनाएको छ ।
तालिमका सहभागिहरुले क्लबले सिलाई सिकाउनुका साथै रोजगारीका लागि मेसिन लगायत अन्य सामाग्री समेत दिएकोमा आफुहरु निकै उत्साहित भएको प्रतिक्रिया दिएका थिए ।
तालिम लिनुभएकी मन्तशा कुरेशीले भन्नुभयो–“यो तालिमले आफूमा आत्मनिर्भर बन्ने र समाजमा सम्मानजनक जीवन बिताउने नयाँ आशा र आत्मविश्वास जगाएको छ ।”
सो तालिमका मुख्य प्रशिक्षक आमिना हलवाई हुनुहुन्थ्यो भने सहयोगी सहायक सुमन चौधरी रहनु भएको थियो ।
तालिम समापन कार्यक्रमको संचालन कार्यक्रम संयोजक विनिता आरसीले गर्नुभएको थियो भने समापन समारोहलाई सफल बनाउन क्लबका अधिकृत नदीम शाहले सहयोग गर्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »