सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मलाई मन पर्यो

के.बि.थापा(आशिष)

गजल


गाजलु ति काला केश मलाई मन पर्यो
आँखा को मधुशाला मलाई मन पर्यो

देखे जब तिमीलाई लेकबेशी धाउदा
धान झैं मुस्कानका बाला मलाई मन पर्यो

श्रृगारमा छैन उनको कृतिम भन्ने बस्तु
हिडाईमा नागबेली चाला मलाई मन पर्यो

मुहारै छ लाजवाफ जुन के हेरु म
मुस्ताङका स्याउ झैं गाला मलाई मन पर्यो

गुन्यु चोलो पटुकी मा दुई चुल्ठी रिबन
गालाभरी ईन्द्रेणी को माला मलाई मन पर्यो

भर्खरै

सम्बन्धित खबर

Language »