सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कर्मचारी तथा शुभचिन्तकहरुको रिफ्रेसमेन्टकालागि सिन्धु फुड प्रोडक्सद्वारा पिकनीक आयोजना

काठमाडौं । गुणस्तरीय मासुको व्यवसायमा छुट्टै पहिचान बनाउन सफल सिन्धु फुड प्रोडक्स प्रा.लि. टोखाले भब्य बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौंको चोभारमा सोमबार संचालक,स्टाफ अन्य उत्साहजनक सहभागिताका बीच मनोरञ्जनात्मक क्रियाकलापका साथ पिकनिक कार्यक्रम सम्पन्न भएको हो

पिकनिकमा सहभागीहरुलाई सम्बोधन गर्दै कम्पनिका संचालक एवमं निर्देशक बद्री बस्नेतले पछिल्लो समय हामी काममा धेरै व्यस्त भयौँ त्यसैले यस्ता खालका रिफ्रेस्मेन्ट भेटघाट कार्यक्रमहरुले पारस्परिक भाइचारा, सद्भाव र सौहाद्रता कायम गर्ने भएकाले सिन्धु फुड प्रोडक्स प्रा.लि.टोखाले आगामी दिनमा पनि निरन्तरता दिने भन्दै उत्साहाजनक सहभागिताका लागि धन्यबाद दिए ।

सिन्धु फुड प्रोडक्स प्रालि टोखाले ताजा र स्वच्छ मासु उपलब्ध गराउनको लागि उत्पादन गर्नेदेखि आधुनिक प्रविधिको फ्रेस हाउसको अवधारणा सहित हस्पिलिटी क्षेत्र होटल , रिसोर्ट ,रेस्टुरेन्ट, क्लब, बार, पार्टी–प्यालेस, क्यान्टिन, सुपर–मार्केट, ग्रोसरी मार्ट लगाएतलाई गुणस्तरीय स्वस्थ्य वद्र्धक सम्पूर्ण मासुजन्य परिकारको सुपथ मूल्य खरिदबिक्री गर्दै आएको छ ।
करिब ५० जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिई रहेको मिट प्रोडक्सले बजारमा प्रतिस्पर्धा गर्दा मुल्यको भन्दा पनि गुणस्तरको मापन गर्न आम उपभोक्ताहरुलाई अनुरोध गर्दै आफुहरु गुणस्तर र मुल्य दुवैमा प्रतिस्पर्धा गर्न तयार गरेको प्रोडक्सका निर्देशक बद्री बस्नेतले बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »