सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

च्याउहरुको राजा मानिने किङ्ग ओएस्टर च्याउ अब सर्वसाधरणको पहुँचमा

काठमाडौं । च्याउहरुको राजा मानिने किङ्ग ओएस्टर च्याउ अब सर्वसाधरणको पहुँचमा सजिलै पुग्ने भएको छ ।
जापान र चिनले आ—आफ्नै ब्राण्डकोरुपमा बिकास गरेको दावीगर्ने यो च्याउ नेपालमा पनि उत्पादन भईरहेको छ ।
नेपालमा केहि समय अगाडी देखिनै यो च्याउको उत्पादन भएको भएपनि अन्य सामान्य प्रकारका च्याउ भन्दा मुल्य केही महंगो भएको कारण सर्वसाधारण नागरिकको पहुँचमा पुग्न सकिरहेको थिएन ।
नेपालमा पनि बिस्तारै मासुको बिकल्पकोरुपमा च्याउलाई लिन थालिएपछि एनसि एग्रोटेक ईन्डष्ट्रिज प्रा.लि.ले करिब ३० करोड भन्दा माथिको लगानीमा गण्डकी प्रदेशको नवलपरासी जिल्ला,गैडाकोट १४ मा अत्याधुनिक प्रबिधिबाट यसको उत्पादन गर्न शुरुगरेको छ ।
थारै मात्रामा उत्पादन गर्दा यो च्याउको उत्पादन लागतमुल्य बढी निस्केपछि बजारमुल्य महंगो हुनु स्वभाविक भएको तर यो कम्पनिले ठुलोमात्रामा उत्पादन गर्न शुरु गरेपछि बजार मुल्य घटाएर बेच्न सकिने अवस्था भएको कम्पनिका संचालकहरुले बताउनु भएको छ ।
यो च्याउ नेपालमा शुरु शुरुमा उत्पादन गर्ने उत्पादकहरुले प्रतिकिलो १२००रुपैयाँ सम्ममा पनि बिक्री गर्ने गरेको भएपनि अहिल एनसि एग्रोटेक ईन्डष्ट्रिज प्रा.लि.ले आफ्नो उत्पादन सर्वसाधरणको चुलो सम्म सहजै पुगोस् भन्ने उदेश्यले त्यो भन्दा तिन भाग सस्तोमा बजारमा पठाएको कम्पनिका संचालकहरुको दावी छ ।
अहिले पाँच तारे होटल देखि सर्वसाधारणको चुलो सम्म यसलाई कसरी पुर्याउन सकिन्छ भन्ने योजनाको साथ कम्पनिले उत्पादन र बजार ब्यवस्थापनको पक्षलाई मजबुद बनाउने रणनीति लिएको छ ।
अहिले यो च्याउ काठमाडौंका बिभिन्न मार्टहरुमा पाउन सकिने भएपनि कालान्तरमा यसलाई आम नागरिकको चुलो सम्म सहजै पुर्याउनकोलागि अनलाईन बजारिकरण र डेलिभरीको सुबिधासमेत दिन कम्पनिले बिशेष पहल गरिरहेको छ ।
मासुका भन्दा धेरै परिकार बनाउन मिल्ने, च्याउहरुको राजा मानिने किङ्ग ओएस्टर च्याउ नेपालमा पछिल्लो समय निकै चर्चामा छ । च्याउ धेरैको प्रिय तरकारी हो संसारभर सयौ थरिका च्याउ उपलब्ध छन् । सब्ज्जीको राजा भनेर चिनिएको च्याउ धेरैको घरमा मात्र होइन होटल रेस्टुरेन्टमा पनि थरिथरिका परिकार पाक्ने गर्छ । शाकाहारीहरुका लागि च्याउ एक उत्तम बिकल्प हुन्छ । स्वास्थ्यका हिसाबले पनि अत्यधिक स्वास्थ्यबर्दक यो च्याउ ब्यबसायिक हिसाबले पनि ब्यापक चल्न थालेको छ । पाँचतारे होटलदेखि रेस्टुरेन्ट र घर घरमा समेत यो च्याउको माग बढ्दो छ । पुर्ण रुपमा अर्गानिक तबरबाट खेती गरि उत्पादन गरिने यो च्याउ शरिरको प्रतिरक्षा प्रणाली बलियो बनाउन उपयोगी मानिन्छ ।
ब्रेस्ट र पोस्टेट क्यान्सरबाट बचाउन देखि पुरुस्वत्व बढाउन समेत यो च्याउ उपयोगी रहने बिज्ञहरुको भनाइ छ । औषधीय गुणले भरिपुर्ण यो च्याउ मोटोपन घटाउन पनि राम्रो सब्जी मानिन्छ । मधुमेहदेखि मुटुरोग र ट्युमरका रोगीहरुलाइ पनि यो च्याउ नियमित रुपमा सेबन गर्न सकिन्छ। लामो समय भण्डारण गर्न सकिने हुदा यो च्याउ अन्य सब्जीको तुलनामा सबै हिसाबले राजा नै मानिएको हुन्छ । प्रोटिन,फाइबर, पोटासियम,आइरन र फस्पोरस देखि जिन्कसम्म भरिपुर्ण रुपमा रहेको किङ्ग ओएस्टर च्याउका सयौ परिकार बनाएर पस्कन सकिन्छ।
के के परिकार बनाउन सकिन्छ त किङ्ग ओएस्टर च्याउबाट ?
किङ्ग ओएस्टर च्याउबाट सयौ स्थानीय लोकल स्वाद र अन्तरास्टिय स्वादमा समेत परिकार तयार गरेर पस्कन सकिन्छ । स्थानीय लोकल स्वादमा यो च्याउको छोइला सबैभन्दा मन पराइएको परिकार मध्ये एक हो । यो परिकार होटल रेस्टुरेन्टको शाकाहारी मेनुको उपल्लो दर्जामा राखिएको र धेरैको प्रिय परिकार पनि हो ।
यो बाहेक साधेको च्याउ,डामेको च्याउ,झानेको च्याउ,तरकारी,टिमुरे च्याउ,च्याउको मम,च्याउको थुप्पा,च्याउको चाउमिन,च्याउको सुप, च्याउ सेकुवा लगायत कयौ परिकार पस्कन सकिन्छ भने अन्तरास्टिय स्वादमा मटर पनिर,खुम्बका सोर्बा,हट गार्लिक च्याउ,सते च्याउ पाकचोय,ओएस्टर गार्लिक च्याउ,हुनान तोफु च्याउ,सेज्वाना च्याउ, साम्बल च्याउ, ब्लेकबिन च्याउ,च्याउ मन्चुरियन,च्याउ डिमसम,च्याउ स्टप बाओ,च्याउ कोङ्गपाउ,केन्टुनिज च्याउ, मङ्गोलियन च्याउ,हङ्गकङ्ग स्टाएयल च्याउ,क्रिमी च्याउ सुप,फ्रेन्च च्याउ प्राउन थर्मिडोर, च्याउको क्यानपि,च्याउ टिक्की,च्याउ टिक्का, चिज च्याउ क्रुकेट,च्याउ पिज्जा,च्याउ पास्ता,चिज स्टप च्याउ, बार्बीक्यु च्याउ,च्याउको सलाद लगायत सयौ आइटम तयार गरेर पस्कन सकिन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »