सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गीतकार शंकर अधिकारी(घायल)को ‘सिम्पल सिम्पल कान्छिको डिम्पल पुरेछ’ बजारमा (भिडियो सहित)

काठमाडौं । गीतकार शंकर अधिकारीले आफ्नो सफल गीत ‘सिम्पल सिम्पल कान्छिको’ सार्वजनिक भएको पन्ध्र वर्षपछि यसको दोस्रो भाग सार्वजनिक गरेकाछन् । उक्त समयमा दीपक लिम्बूलाई गायनमा स्थापित गराउन सफल गीत चलचित्र ‘अन्दाज’ मा समावेश थियो । यसको दोस्रो भाग ‘सिम्पल सिम्पल कान्छिको डिम्पल पुरेछ’ भने गीतकार अधिकारीले नै तयार गर्नुभएको हो ।

‘यसपटक गीतमा जवाफ दिए जस्तो पनि छ । छुटेको माया अचानक बाटोमा भेट हुदाको रमाइलो पललाई देखाउने कोसिस गरेका छौँ’, गीतकार अधिकारीले भने । उक्त गीतमा बाबुल गिरीले सङ्गीत दिएका छन् भने नित्याशिवा र राजन श्रेष्ठको स्वर रहेको छ । गीतको निर्माण भएको श्रव्यदृश्यमा हस्यकलाकार किरण केसी, अभिनेत्री दीपाश्री निरौला, बालकलाकार रोनिश खड्का र प्रनिता रोकायाले अभिनय गरेका छन् ।
हास्यकलाकार केसीले गीतको भाव अनुसार आफू श्रव्यदृश्यमा प्रस्तुत भएको बताए । ‘मलाई नृत्य गर्ने शैलीका गीतहरू मन पर्छन् । यसमा अभिनेत्री निरौलासँग जोडी बनेर प्रस्तुत हुन् पाउँदा खुसी छ’, उहाँले भन्नुभयो । श्रव्यदृश्यमा सौरभ लामाले छायाङ्कन, सियोन श्रेष्ठले नृत्य निर्देशन, शिलन लम्सालले सम्पादन र माइकल चन्दले निर्देशन गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »