सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बिवादित छायाँ सेन्टरको पार्किङ शुल्कमा मनोमानि २८ मिनेट राख्दा पनि एक घण्टाको चार्ज

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजानिक सडकहरुको पार्किङ हटाए संगै निजि रुपमा चलाएका स—शुल्क पार्किङ हरुले ग्राहकहरुलाई अत्यधिक ठगी गरेको पाईएको छ ।
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै निजि पार्किङ हरुलाई समान रुपमा शुल्क निर्धारण गरेको भए पनि तोकिएको भन्दा दोब्बर शुल्क लिएको पाईएको छ ।
२०७१ साल देखि सर्वोच्च अदालतमा १४ वटा मुद्धा परेर बिवादित बनेको ठमेल स्थित छायाँ कम्प्लेसको पार्किङमा त्यस्तो मनोमानी गरेको पाईएको हो ।
बिवादित छायाँ कम्प्लेक्सले काठमाडौं महानगरपालिकाको २०८० साउन ११ मा प्रकाशित स्थानिय राजपत्रको काठमाडौं महानगरपालिकाको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यन्वयनगर्न बनेको आर्थिक ऐन २०८० को अनुसुची ११(क)मा उल्लेख गरिएभन्दा दोब्बर रकम उठाएको पाईएको हो ।
पार्किङमा रहेका कर्मचारीहरुले सवारी साधन ईन्ट्रि गर्दा चिट दिए पनि पैसातिरेको बिलभने दिने गरेका रहेनछन् ।
रिपोर्टिङको क्रममा हामि सामान्य भेषमा त्यहाँ पुगेर मोटर साईकल पार्किङगर्दा एउटा चिट दिए , करिब २५ मिनेट पछाडी हामि त्यहाँबाट निस्कने क्रममा अगाडीको काउन्टरमा पैसा तिर्न भनियो । त्यहाँ पैसा तिरे पछि हामिले बिल माग्यौं । अलि असहज ब्यबहार गर्दै कर्मचारीले एउटा चिट हामितिर हुत्याई दिए ।
हामिले करीब २८ मिनेट पार्किङगरेको समय ईन्ट्रि गरिएको छ, तर बिल भने रु ३० को काटीएको छ ,यो सरासर महानगरपालिकाको आर्थिक ऐन २०८० को अनुसुची ११(क) बिपरित छ ।
पहिलो आधा घण्टाको लागि रु १५ लिने एक घण्टा सम्मको रु २५ लिने त्यस पछि प्रति १५ मिनेटको रु ५ का दरले थपिदै जाने भने पनि २८ मिनेटको रु ३० बिल काटेर दिएका छन् ।
यहाँ कारोबार भएका सबै बिलहरु डिजिटल सिस्टमबाट रेकर्ड गरि महानगरपालिकालाई बुझाउनु पर्ने कानुनमा उल्लेख छ तर सरसर्ति हेर्दा यसको पुरै रेकर्ड महानगरपालिकाले समेत हेरेको जस्तो देखिदैन ।
हेर्दा कारोबार सानो भएकोले आम मानिसहरुले यस्ताकुराहरुमा खासै ध्यान दिएको देखिदैन तर दैनिक हजारौं सवारीसाधनहरुबाट यसरी पैसा उठाउँदा एकातिर अकुत कालो धन थुप्रने अर्को तिर महानगरपालिकाको राजश्व गुम्ने र महानगरपालिकाको नियतमाथि समेत खोट देखिने भएको छ ।
कमल पोखरी मासेर कम्प्लेक्स बनाईएको भन्दै काठमाडौं उपत्यकाका नेवाः अगुवाहरु बाट बिरोध भईरहेको छायाँ सेन्टरको यो कृयाकलापले आम मानिसमा अझ शंकाको घेरा बढाईदिएको छ ।
कानुनी राज्य र सुशासनलाई महत्व दिने भनेर कस्सिएका काठमाडौंका मेयर बालेन शाहलाई यस्ता कृयाकलापहरुको सुचना नपुगेको हो की ? ठुला माछा संग पौठेजोरी खेल्न नसकेर हो ? भन्ने प्रश्नहरु बजारमा ब्यापकरुपमा चर्चा चलिरहेको छ ।
यो त एउटा प्रतिनिधि घटना मात्रहो काठमाडौं महानगरपालिका भित्र हजारौं यस्ता ठाउँहरु छन् जसले कानुनी राज्यको उपहास गरिरहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »