सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रि–स्कूल ओलम्पिक कमिसनको पाँचौँ संस्करणका रुपमा ‘प्रि–स्कुल ओलम्पिक २०८०’ शनिवार सञ्चालन हुँदै

काठमाडौं/ प्रि–स्कुल ओलम्पिकको सबै तयारी पूरा भएको र फागुन ५ गते दशरथ रङ्शालामा सञ्चालन गर्न लागिएको छ । प्रि–स्कूल ओलम्पिक कमिसनको पाँचौँ संस्करणका रुपमा ‘प्रि–स्कुल ओलम्पिक २०८०’ आगामी शनिवार सञ्चालन गर्न लागिएको हो ।
आज राजधानीको एक सभाकक्षमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी शनिवार सञ्चालन हुने प्रि–स्कूल ओलम्पिक २०८० को बिस्तृत जानकारी सार्वजनिक गरिएको थियो । कार्यक्रमको वारेमा जानकारी दिदै कमिसनकी अध्यक्ष राज्यलक्ष्मी वैदारले राजधानीको दशरथ रंगशालामा आयोजना हुने कार्यक्रममा कुल ६९ विद्यालयका १७ सय बालबालिकाको सहभागिता रहने बताईन् । उपत्यकाभित्रका १३ वटा सामुदायिक विद्यालयका बालबालिकाहरुको सहभागिता रहने उनले उल्लेख गरेकी छिन् ।
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले प्रि–स्कूल ओलम्पिक २०८० को उद्घाटन गर्ने कार्यक्रम तय भएको कमिशनकी सचिव सम्झना बस्नेतले जानकारी दिईन् । उनका अनुसार कार्यक्रमका लागि प्रि–स्कुल ओलम्पिक कमिसनका सदस्य विद्यालयहरूले १ हप्ताअघिदेखि नै आ–आफ्नो विद्यालयमा खेल खेलाएर तयारी गरिरहेका छन् । प्रि–स्कूल ओलम्पिकको नारा, “लिभ टुगेदर, प्ले टुगेदर” (सँगै बाँचौँ, सँगै खेलौँ) रहेको पनि जानकारी दिईएको छ ।
खेल बालबालिकाको सर्वाङ्गीण विकासको महत्वपूर्ण पक्ष हो भन्दै कमिसनकी उपाध्यक्ष शर्मीला केसीले प्रारम्भिक उमेरमा पाएको अनुभवले बालबालिकाहरुको जीवनभरी नै सकारात्मक सामुदायिक प्रभाव पर्ने भएकोले यस ओलम्पिक कमिशलने पहिलो पटक सामुदायिक विद्यालयका बालबालिकालाई सहभागी गराउन लागिएको बताईन् । प्रत्येक वर्ष बर्खे र हिउँदे गरी २ पटक ओलम्पिक आयोजना गराउँदै आएको ‘प्रि–स्कूल ओलम्पिक २०८०’ का बारेमा जानकारी दिदै कोषाध्यक्ष रीता घिमिरे तिमल्सिनाले बालबालिकाको सहभागिता नै यस कार्यक्रमको प्रमूख लक्ष्य रहेकाले कार्यक्रममा प्रतिष्पर्धा र स्तरीकरण नहुने जानकारी दिईन् ।
त्यस्तै कार्यक्रममा सल्लाहकारहरु सानु अमात्य, रेखा शाही हमाल र डा.मीनाक्षी दाहालद्वारा प्रि–स्कूल ओलम्पिक २०८०को बारेमा थप जानकारी दिईएको थियो । यो पटकको ओलम्पिकलाई १० वटा निजी विद्यालयहरुबाट सहयोग रहेको जनाईएको छ । आयोजकहरूले कार्यक्रमलाई सफल बनाउन सम्बद्ध सबैलाई अपिल गरेका छन् ।
बालबालिकाका क्षेत्रमा राज्यले आवश्यक ध्यान दिन नसकेको भन्दै गुनासो गर्नुभन्दा आफूहरूले आफ्नो तहबाट गर्न सक्ने प्रयास गर्नका लागि कार्यक्रम आयोजना गर्दै आएको आयोजक पक्षको भनाई रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »