सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मनास्लु वर्ल्ड कलेजको स्वागत तथा अभिनन्दन कार्यक्रम भब्यताका साथ सम्पन्न

काठमाडौँ । चुच्चेपाटि चाबहिल स्थित मनास्लु वर्ल्ड कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत तथा कक्षा १२ मा उत्कृष्ट नतिजा सहित उत्तीर्ण विद्यार्थीहरूलाई सम्मानका लागि आज नेपाल प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा भव्य कार्यक्रम आयोजना गरेको थियो ।
मनास्लु वल्र्ड कलेजका अध्यक्ष गेन्द्र लामाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँती रहनु भएको थियो भने कार्यक्रम पुर्व मिस नेपाल माल्भिका सुब्बाले संचालन गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले बिद्यार्थीहरुनै यो देशका बास्तविक कालिगढ भएकाले,धैर्यता र साहस लिएर अगाडी बढ्न प्रोत्साहन समेत दिनु भएको थियो ।
कार्यक्रममा आफ्नो मनतब्य राख्दै संचारकर्मी जगदिश खरेलले नेपालको हरियो पासपोर्ट बोकेकै आधारमा कयौं देशहरुमा आफुले अपमान सहनुपरेको भन्दै यो देशको बिगत दर्बिलो थियो, बर्तमान लथालिङ्ग छ तर तपाईहरु जस्ता प्रतिभावान बिद्यार्थीहरुले यो देशको भविश्य उज्वल बनाउनुहुनेछ भन्ने आशा लिएको बताउनु भयो ।
कलेजले कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गरेका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान समेत गरेको थियो । यस अन्तर्गत गायिका कुन्ती मोक्तानलाई मनास्लु संगीतकर्मी सम्मान २०८०, सञ्चारकर्मी जगदीश खरेललाई मनास्लु सञ्चारकर्मी सम्मान २०८०, कराँते खेलाडी एरिका गुरुङलाई मनास्लु खेलाडी सम्मान २०८०, शिक्षाकर्मी जयन्ती सत्याल अधिकारीलाई मनास्लु शिक्षासेवी सम्मान २०८० र समाजसेवी बालकृष्ण बुर्लाकोटीलाई मनास्लु समाजसेवी सम्मान २०८० प्रदान गरिएको थियो ।
मनास्लु वर्ल्ड कलेजलेले यो वर्ष देखि आयोजना गरेको तिन महत्त्वपूर्ण प्रतियोगिताहरु ‘मनास्लु आइडल’ , ‘मनास्लु डान्सिङ स्टार’, र ‘मिस्टर एन्ड मिस मनास्लु’ २०८० को ग्राण्ड फिनाले समेत आजै गरेको थियो ।
जस अन्तर्गत फस्ट मनास्लु आईडलको रुपमा अरुण लामा, डान्सिङ स्टारमा सुस्मिता सुनार,मिस्टर मनास्लु २०८० मा दावादोर्जे भोटे र मिस मनास्लु २०८० मा स्यारुन लामा वाईबाले आफ्नो स्थान शुरक्षित गरेका थिए ।
चर्चित सञ्चारकर्मी मल्बिका सुब्बाले सञ्चालन गरेको कार्यक्रममा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति समेत रहेको थियो । पछिल्लो पुस्ताका लोकप्रिय गायिका सुबानि मोक्तान देखि नेपालीहरूद्वारा अत्यधिक रुचाइएकी वरिष्ठ गायिका कुन्ती मोक्तान सम्मले कार्यक्रममा आफ्नो प्रस्तुति दिनुभएको थियो ।
त्यस्तै कार्यक्रममा मनास्लु वर्ल्ड कलेजमा अध्यापनरत शिक्षकहरू मध्य कार्यसम्पादनको आधारमा उत्कृष्ट ६ जना शिक्षक र शिक्षिका तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो भने विभिन्न परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरू समेत कार्यक्रममा सम्मानित भएका छन् ।
मनास्लु वल्ड कलेजका प्रिन्सिपल राजन श्रेष्ठले आफ्नो मनतब्य राख्दै राज्यले सम्मान गर्नुपर्ने बिशिष्ट ब्यक्तित्वहरुलाई सम्मान गर्न पाउँदा आफुलाई खुसी लागेको बताउनु भयो ।
कार्यक्रमका सभापति तथा कलेजका अध्यक्ष गेन्द्र लामाले हातमा सर्टिपिकेट मात्र हैन कुनै न कुनै बिषयमा वा बिद्यार्थीले चाहेको बिषयमा निपुर्ण बनाएर यो समाजलाई आवश्यक जनशक्ति उत्पादनगर्ने लक्ष्यलिएर कलेजले कार्यक्रम बनाईरहेको बताउनु भयो ।
मनास्लुका विद्यार्थीका प्रतिभाले भरपुर अन्य सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई अझै विशेष बनाएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »