सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

टिभिएसको “रोनिन” मोटरसाईकल नेपालगन्जमा

नेपालगन्ज, बहुप्रतिक्षित टिभिएसको पहिलो ‘मोडर्न–रेट्रो’ अनस्क्रिप्टेड लाइफस्टाइल मोटरसाइर्कल ‘रोनिन’ नेपालगन्जमा लन्च गरिएको छ ।

नेपालका लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नेपालमा टिभिएस रोनिन काठमाण्डौमा सार्वजनिक गरेसंगै नेपालगन्जको आधिकारिक बिक्रते ा ग्रसे एण्ड ग्लोवल ट्रेडिङ्ग प्रालि पनि उक्त मोटरससाइकल सार्वजनिक गरेको हो ।

नेपालगन्जको सिने रोयलमा भब्य कार्यक्रममा बिच नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीले टिभिएस ‘रोनिन’ लन्च गरेका हुन । टिभिएस ‘रोनिन’ लन्च गर्दै धामीले यो मोटरसाईकलले शमयको बचत संगै राईडरहरुको जिवनशैलिलाई सहज बनाउने बताए ।


टिभिएस ‘रोनिन’ लन्च कार्यक्रममा कम्पनीका प्रोडक्ट हेड प्रशान्त राजभण्डारीले प्रिमियम मोटरसाइकल जगतमा ‘रोनिन’ लाइफस्टाइल सेग्मेन्टमा प्रवेश गरके ो बताए । टिभिएस ‘रोनिन’ नयाँ युगका राइडरहरुकालागि तयार गरिएको मोटरसाइकल बताउँदै उनले भने यो स्टाइल, प्रविधि र सवारी अनुभवलाई ध्यानमा राखेर निर्माण गरिएको छ जसले नयाँ पुस्ताका राइडरहरुका लागि अनस्क्रिप्टेड जीवनशैली प्रवर्द्धन गर्दछ ।


“टिभिएस ‘रोनिन’को लन्च नेपालमा टिभिएस मोटरका लागि महत्वपूर्ण माइलस्टोन हो । यो मोटरसाइकलको साथ नेपाली बजारमा बाइकिङ समुदायलाई टिभिएस ‘रोनिन’को विशिष्ट डिजाइन, अत्याधुनिक प्रविधि र जडान गरिएका सुविधाहरूको लाभ उठाउने अवसर प्रदान गर्ने लक्ष्य राखिएको छ । यो मोटरसाइकलको लन्चले टिभिएसले उत्पादनको दायरा, विशष्े ा गरी आधुनिक रेट्रो क्षेत्रमा विस्तार भएको छ प्रोडक्ट हेड राजभन्डारी भने ।


टिभिएस रोनिन
उत्कृष्ट डिजाइन, अत्याधुनिक इन्जिनियरिङ, एसिमेट्रिक स्पीडोमिटर र टी–फेस एलईडी हेडल्याम्प साथ तयार गरिएको टिभिएस रोनिनमा नेपाली राईडरहरुलाई लक्षित गरि असाधारण सुविधाहरू समेटिएको छ ।टिभिएस रोनिनमा २२५ सीसीमा चार ओटा भल्भ, एकल सिलिन्डर इन्जिन रहेको छ जसले २०.४ पीएस७७५० आरपीएम सम्मको अधिकतम पावर र १९.९ एनएम ३७५० आरपीएम पीक पावर प्रदान गर्छ। डुअल च्यानल एबीएसको साथ यसको डिस्क ब्रेकहरूले राईडरहरुलाई सुरक्षित र स्थिर स्टप सुनिश्चित गर्दछ ।
अपाचे आरटीआर १६० भी फोर एफआइ
अपाचे आरटीआर १६० भी फोर एफ आइको विशेष संस्करणमा कम्पनीले सेग्मेन्टमै पहिलो पटक विभिन्न थप फिचरपनि उपलब्ध गराएको छ ।सर्वाधिक शक्तिशाली फ्युल ईन्जेक्टेड १५९.७ सीसी ईन्जिनका साथमा श्रेणीकै पहिलो रोइड मोड्स, टीभीएस स्मार्टकनेक्ट र ग्लाइड थ्रो प्रविधि लगायत विशेषता सुसज्जित स्पोर्ट्स मोटरसाइकल टीभीएस आपाचे आरटीआर १६०अद्वितीय डिजाइनमा हल्का र लाउडर बुल्पुप एक्जस्टजस्ता प्रविधिहरू रहेका छन् ।
नेपाली बजारमा सार्वजनिक हुने यी दुवै बाईक नयाँ संस्करणमा हरेक मौसमर बाटोको अवस्थालाई विशेष ध्यानमा राखि राइड मोड्सका साथै रेस ईनेबल्ड कनेक्टिभिटीका लागि टीभीएसस्मार्टएक्सकनेक्टको सुविधा समेत उपलब्ध गरिएको छ ।काठमाडौंमा यी दुवै बाईकको आत्याधिक सफलता पछि नेपालका अन्य सहरमा लन्च गर्नेभएकोकम्पनीले बताएकोछ।लन्च कार्यक्रम हुने विभिन्न सहरहरु मध्ये बाँकेको, नेपालगजमा ग्रेस एण्ड ग्लोबल टे«डिङ्ग प्रा.लि. डिलर्स एसोसिएसनका अध्यक्ष राजन पिया तथा चितवन अटोमोबाइल रिकन्डिसन एसोसिएसनका अध्यक्ष दीपक खड्काद्वारा लञ्च भएको छ।
जगदम्बा मोटर्स बारे
जगदम्बा मोटर्स प्रा. लि. नेपालमा टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक हो। कम्पनी शंकर समूहद्वारा संचालित छ। शंकरलाल अग्रवालद्वारा सन् १९७९ मा विविध अपरेटिङ कम्पनीहरूको एकीकरणका साथ शंकर समूहको स्थापना भएको थियो, जसको पछिका वर्षहरूमा व्यवसायीक पक्षमा प्रारम्भिक प्रवेश बढ्दै गएको थियो। यी ब्रान्डका मोटरसाइकल र स्कुटर दुवै नेपाली जनतामाझ लोकप्रिय छन् । यो ब्रान्ड पावरको हिसाबले र स्पोर्टी लुकसहितको मोटरसाइकलको रुपमा लोकप्रियता हासिल गरेको छ । जगदम्बा मोटर्स प्रा. लिमिटेडको १४० भन्दा बढी घक् डिलरहरू र २०० भन्दा बढी आधिकारिक सेवा केन्द्रहरूका साथ काठमाण्डौंमा ६ विशेष शोरूमहरू सहितको विस्तृत डिलर नेटवर्क रहेको ।
२२५ सिसि क्षमताको टिभिएस ‘रोनिन’ मोटरसाइकलको तौल १६० के. जी. छ भने यसले २०.४ पिएस पावर उत्पादन गर्नुको साथै १९.९३ एनएम टर्कले मोटरसाइकलमा सबैभन्दा राम्रो पावर–टू–वेट रेसियो बनाउँछ । क्लासिक डिजाइन प्याकेजमा ‘रोनिन’ मोटरसाइकललाई रेन र अर्बन एबीएस मोड, ग्लाइड टेक्नोलोजी (जीटीटी), भ्वाइस र राइड सहायता सहितको स्मार्ट ब्लुटुथ कम्युनिकेसन जस्ता विशिष्ट प्राविधिक सुविधाहरूसहित निर्माण गरिएको छ । टिभिएस ‘रोनिन’ले टचपोइन्टहरूको कुरामा आफ्ना ग्राहकहरू र उनीहरूका प्रमुख सम्बन्धहरूलाई राम्रो संग बुझेको छ । यसले ग्राहकहरूको मुख्यतया संगीत, यात्रा र सामाजिक सम्बन्धहरूद्वारा संचालित अनुभवहरूलाई सहज रूपमा जोड्न मद्दत गर्दछ । ग्रेस एण्ड ग्लोवल ट्रेडिङ्ग प्रालिका प्रबन्धक महादेबसिंह ठाकुरीका अनुसार टिभिएस ‘रोनिन’ले नेपालका धरे ै युवा राइडरलाई आधुनिक रेटा«े मोटरसाइकलको सहज सवार प्रति प्रोत्साहित गर्नेछ । ‘रोनिन’ स्टाइल, कम्फर्ट र टेक्नोलोजीको पर्फेक्ट फ्युजन रहके ठाकुरीले बताउनुभयो । 
कम्पनीका क्षेत्रिय म्यानेजर प्रकाश श्रेष्ठका अनुसार प्रतिष्ठित डेमिङ पुरस्कार प्राप्त गर्ने एक मात्र दुई पाङ्ग्रे सवारी कम्पनीले उत्पादन गरेको टिभीएस ‘रोनिन’ नेपाली बजारमा टिडि संस्करण (ट्रिपल टोन डुअल च्यानल, एबिएस) मा उपलब्ध छ । टिभीएस ‘रोनिन’ को रु. ४लाख ४९ हजार ९०० रुपैयाँ मुल्य कायम गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »