सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय जनसांस्कृतिक महासंघमा सुन्दर गुरुङ चयन


नेपालगन्ज , राष्ट्रिय जनसांस्कृतिक महासंघ बाँकेको शनिवार सम्पन्न नवौं जिल्ला अधिवेशनले सुन्दर गुरुङको नेतृतमा नयाँ कार्यसमिति चयन गरेको छ।


वरिष्ठ उपाध्यक्षमा गीता अर्याल , उपाध्याक्षमा नवराज भट्ट, सचिवमा इन्दिरा गौतम , चन्द्रावति अधिकारी सर्वसहमत चयन हुनुभएको छ। सदस्यमा भुपेन्द्र सुवेदी लगायत १३ जना चयन हुनु भएको छ। महासंघका निवर्तमान अध्यक्ष भीमकान्त लामिछाने को अध्यक्षतामा भएको अधिवेशनको उद्‌घाटन समारोहमा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सल्लाहकार दलबहादुर सुनार , पार्टी अध्यक्ष किस्मत कुमार कक्षपति , पार्टी प्रदेश कमिटी सदस्य अशोक कर्मचार्य , पार्टी सचिवालय सदस्य एवम मोर्चा संगठन प्रमुख भिम वली, महासंघ केन्द्रीय सदस्य हरि तिमिल्सना, जनसांस्कृतिक महासंघ इन्चार्ज विष्णुकान्त आचार्य लगायतले बोल्नु भएको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »