सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नागरिक आवाज संस्थाको आयोजनामा सर्लाहीमा निशुल्क आँखा शिविर सम्पन्न

काठमाडौं । सामाजिक सेवामा निरन्तर अगाडी बढी रहेको नागरिक आवाज संस्थाले काठमाडौं उपत्यकामा मात्र नभई दुरदराजका गाउँहरुमा समेत आफ्नो कार्यलाई निरन्तरता दिईरहेको छ ।
संस्थाले सलार्ही जिल्लाको बलरा नगरपालिका वडा नम्बर ५ अर्नाह गाउँमा रहेको जय जनता अस्पतालमा निशुल्क आँखा शिविर तथा मोतिविन्दु अप्रेशनका लागि छनौट कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल भारत सिमा नजिक रहेको यस गाउँ शिविर सन्चालन गर्न तिलगंगा सामुदायिक आँखा अस्पताल काठमाडौंले प्राबिधिक सहयोग उपलब्ध गराएको थियो । शिविरबाट सयौंजनाले निशुल्क सेवा लिएका थिए ।
संबिधानसभाका सदस्य हरिचरण साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सभापतित्व संस्थाकी अध्यक्ष रिता रानामगरले गर्नुभएको थियो भने,कार्यक्रम सन्चालन समाजसेवी तथा मानवअधिकारकर्मी मनु बाँठामगरले गर्नु भएको थियो ।
कार्यक्रमको ब्यवस्थापन संस्थाको कोषाध्धक्ष ईश्वरी नेपालीले गर्नुभएको थियो ।
कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल धमला,सशस्त्र प्रहरी उपरीक्षक बिनोद राज खनाल,सर्लाही जिल्ला प्रहरी उपरीक्षक प्रमोद राय, सशस्त्र प्रहरी निरिक्षक नबिन देउजा, बलरा नगर प्रमुख शंकरप्रसाद कुसुवा,डाक्टर दिपक सुवेदी ,डाक्टर रबिन्द्र प्रभाकर रहनु भएको थियो ।
शिविरमा पुस्पा सिंह ,सोभा तामाङ ,कृस्टिना पराजुली ,समाजसेवि गुड्डु कुमार यादव ,समाजसेवि बिन्धेश्वरी शाह ,नागरिक आवाजका सल्लाहकार रविन्द्र कुमार थिङ,सदस्य जुना साङपाङ राई ,सदस्य नानीमैयाँ श्रेष्ठ ,सदस्य रोजी ,समाजसेवि भाग्य नारायण शाह लगाएत सयौं जनाको उपस्थिति रहेको कार्यक्रम सन्चालिका तथा आयोजक संस्थाकी महासचिव कुमारी बाँठा मगर (मनु)ले जानकारी दिनु भएको छ ।
कार्यक्रममा सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मानपत्र तथा मायाको चिनो समेत दिईएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »