सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

महाराजगन्जबाट पुण्य गौतम र युवराज पौडेल (सफल) पक्राउ

काठमाडौँ । त्रिवि शिक्षण अस्पताल परिसरमा गएर चितवनको एक स्कुलको होस्टेलमा मृत भेटीएकी शालिन पोखरेलको पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर्न माग गर्दै सवारी आवागमनका अवरोध गरेको आरोपमा प्रहरीले काठमाडौँ महाराजगन्जबाट पुण्य गौतम र युवराज पौडेल (सफल) पक्राउ परेका छन् ।
अनुसन्धानमा असर गर्नेगरी अराजक गतिविधि गरेको र माहौल भड्काएको आरोपमा उनीहरूलाई त्रिवि शिक्षण अस्पताल परिसरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । उनीहरूलाई अहिले प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ ।
फागुन १२ मा चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल मृत फेला परेकी हुन् । उनको हत्या भएको आरोपमा काठमाडौँ र चितवनमा विरोध प्रदर्शन भइरहेको छ । त्रिवि शिक्षण अस्पतालले शलिनका पोष्मार्टम रिपोर्ट
जिल्ला प्रहरी कार्यालय चितवनमा पठाएको छ ।

शव परीक्षण रिपोर्ट अनुसार उनको मृत्युको कारण ‘ह्याङगिङ्ग’ उल्लेख गरिएको छ । पीडित पक्षले बलात्कारपछि हत्या भएको आरोप लगाउँदै आएका छन् । तर, पोष्टमार्टमबाट बलात्कार नभएको देखिएको छ ।
कक्षा ८ मा पढ्ने १४ वर्षीया पोखरेल प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् । घटनामा संलग्न आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले स्कुलका प्रिन्सीपलसहित ३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »