सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज वडा नम्बर ४ स्थित शिवपार्वती टोलमा किरियापुत्री भवन शिलान्यास


नेपालगन्ज , नेपालगन्जमा किरियापुत्री भवन बनाउन शिलान्यास गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ स्थित शिवपार्वती टोलमा दुई तले किरियापुत्री भवन बनाउन लागिएको हो । उक्त भवनको नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले शिलान्यास गरेका छन् ।


भवन शिलान्यास कार्यक्रममा नेपालगन्ज ४ का वडाअध्यक्ष गोपाल पुन, वरिष्ठ साहित्यकार सनत रेग्मी, समाजसेवी माधवराम बर्मा, सेम शाक्य, वरिष्ठ पत्रकार पूर्णलाल चुके, विभिन्न क्षेत्रका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »