सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विपन्न परिवारका २६ जना बालबालिकालाई नारायण डि.सि द्वारा विधालय पोशाक सहयोग


नेपालगन्ज, राप्ती सोनारी, राप्ती सोनारी २ मा विपन्न परिवारका २६ जना बालबालिकालाई बिधालय पोशाक वितरण गरिएको छ । राप्ती सोनारी २ अगैया निवासी युवा समाजसेवि नारायण डि.सिले २६ जना विपन्न परिवारका बालबालिकालाई पोशाक सहयोग गरेका हुन ।

बुधवार एक कार्यक्रमको आयोजना गरेर सहिद स्मारक आधारभूत विधालय खोरियाका १५ जना बिपन्न बालबालिका र नेरा मा.वि अगैयाका ११ जना विपन्न बालबालिकालाई समाजसेवी डि.सि ले आफ्नै लगानीमा पोसाक सहयोग गरेका हुन ।

राष्ट्रिय युवा संघ बाँकेका अध्यक्ष तथा राप्ती सोनारी गाउँपालिका वडा न . २ का वडा अध्यक्ष ज्ञानेन्द्र राज वलि ज्ञानुको हात बाट उक्त पोसाक बाल बालिकाहरुलाई उपलब्ध गराएका हुन । पोसाक पायका बालबालिकाका अभिभावकले डि.सि लाई धन्यवाद दिदै पढाईमा सजह हुने बताएका छन । समाजसेवी डि.सिले आगामी दिनमा सामाजिक कार्यमा निरन्तर अगाडी बढ्ने प्रतिवद्द्ता समेत जनाएका छन ।

भर्खरै

सम्बन्धित खबर

Language »