सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हजयात्रा बिवाद फेरी सतहमा : समितिले अनियमितता गरेको आरोप

काठमाडौं । मुस्लिम धर्मावलम्बि हरुको महत्वपुर्ण तिर्थ यात्राको रुपमा लिईने साउदी अरबमा रहेको मक्का यात्रा अर्थात हजयात्राको बिषय हरेक बर्ष जसो बिवादमा आई रहने बिषय हो ।
हाजीहरु हजयात्रामा निस्कनै लागेको समयमा यो बर्षपनि हजयात्रीहरु संग आवश्यकता भन्दा बढी रकम उठाईएको बिषयमा चर्चा हुन थालेको छ ।
नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत बन्ने हज समितिमा राजनैतिक भागबण्डाको आधारमा समिति बन्ने भएकोले सरकारमा रहेका पार्टीको मान्छे हरुलेनै हालिमुहालि चलाउने गरेको एक श्रोतले बताएको छ ।
यो बर्ष नेपाल हज समितिले हजयात्रीका लागि तय गरेको शुल्क अस्वाभाविक भएको भन्दै सरोकारवालाहरुले असन्तुष्टि जनाएका छन् ।
यसअघि कार्यवाहक अध्यक्ष मकबुल मियाँले साउदी अरबमा गई प्रतिव्यक्ति रु.४ लाख ३३३ मा घरभाडा सम्झौता गरेको थिए तर भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका र पछि थुनामुक्त भै अध्यक्षको जिम्मेवारी पुनः सम्हालेका शम्शेर मियाँले प्रतिव्यक्ति झण्डै १५ हजार बढी उठाउन थालेको श्रोतको दावी छ ।
अहिले नयाँ रेट रु. ४ लाख १५ हजार तोकेर रकम असुलिएको छ ।
साउदीमा १२ सय देखि १३ सय रियालमा घरभाडा सम्झौतामा भएको तर हज समितिमा भने दुई हजार रियालको सम्झौता गरिएको भनेर प्रचार गरिएको श्रोत बताउँछ ।
हजयात्रीबाट असुल्न लागेको नयाँ रेटका कारण समितिका पदाधिकारीले करोडभन्दा बढी रकम अनियमितता गर्न लागेको देखिन्छ । घर भाडामा मात्र धेरै ठूलो रकम अनियमतिता भएको श्रोतको दाबी छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहको बलियो साथ पाएका कारण अध्यक्षले मनोमानी ढंगबाट काम गरिरहेको आरोप लागेको छ ।
समितिको यही बैशाख २४ गते बसेको बैठकले सांसद शाहका भाइ आशिफ शाह सहित अन्य ६ जना सदस्य रहेको उपसमिति गठन गरेको छ । त्यसमा पनि सात सदस्य रहेका समितिमा काठमाडौबाट शाहका आफन्त ५ जना नियुक्त भएका ती सदस्यले बताए । समितिमा अलिम अहमद हलुवाई, मुजम्मिल मियाँ अन्सारी, मो विलास खान, जफर हुसेन, मो अबुवकर सिद्दिकी उद्दिन मुस्लिम र पञ्चकाश्मिरीका प्रतिनिधि रहेका छन् ।
एकलौटी रुपमा उपसमिति गठन गरिएको भन्दै नेकपा एमाले , माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीमा आबद्ध मुस्लिम प्रतिनिधिहरुले अध्यक्षको ध्यानाकर्षण गराउँदै तालाबन्दी समेत गर्न गएको श्रोत बताउँछ ।
शम्शेर मियाको पदावधि सकिए पनि हाल उनैको हालिमुहालीमा हज समिति चलिरहेको बताईएको छ । २५ सदस्य रहेको केन्द्रीय समितिमा १५ सदस्य मियाँ निकट रहेका छन् ।
बिगतमा हजयात्रीलाई मक्का नजिककै होटलमा राख्ने गरिएको भएपनि यस पटक टाढाको होटलमा राखिन लागेको श्रोत बताउँछ । साउदीको तातोमा वृद्ध हाजीहरु ४५ दिन कसरी ओहोरो दोहोरो गर्लान् ?भन्ने प्रश्न समेत उब्जिएको छ । बिगतमा १५ सयसम्म हजयात्री मक्का जाने गरेकोमा यस पटक ७४५ जना मात्र जाने भएका छन । हज समिति प्रति विश्वास नगरेर नै जाने यात्रुको संख्यामा कमी आएको श्रोतको दावी छ ।

भर्खरै

सम्बन्धित खबर

Language »