सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिटिईभिटीको प्रदेश कार्यालय राजधानी सार्न मन्त्री खत्रीको निर्देशन


नेपालगन्ज, लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीले प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद(सिटिईभिटी)को प्रदेश कार्यालय तत्काल प्रदेश राजधानी स्थानान्तरण गर्न निर्देशन दिनुभएको छ ।
सिटिईभिटीका प्रदेश निर्देशक गोपाल आचार्यलाई मन्त्रालयमा बोलाएर मन्त्री खत्रीले हाल बुटवलमा भाडामा सञ्चालित प्रदेश कार्यालय तत्काल प्रदेश राजधानी स्थानान्तरण गर्न निर्देशन दिनुभएको हो ।


मन्त्री खत्रीले भन्नुभयो,‘ प्रदेशका कार्यालयहरु अन्यत्र, त्यसमा पनि भाडामा हुनु राम्रो भएन, राजधानी केन्द्रीत हुनुपर्दछ भन्ने सरकारको स्पष्ट मान्यता रहेको छ । ’
मन्त्री खत्रीले सिटिईभिटीको कार्यालयका लागि जग्गा खोजी तथा भवन निर्माणका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने भन्दै भाडामा भएपनि तत्काल कार्यालय प्रदेश राजधानी ल्याएर सहयोग गर्न आग्रह गर्नुभयो । सिटिईभिटीका लागि सरकारी भवनको पनि खोजी गर्न सकिने बताउनुभयो ।
सिटिईभिटीलाई सामाजिक विकास मन्त्रालय मातहत ल्याउन शिक्षा मन्त्रीलाई आग्रह गरिसकेको उहाँको भनाई छ । सो अवसरमा निर्देशक आचार्यले १२ वटै जिल्लाका लागि पायक पर्ने गरि प्रदेश राजधानीमा कार्यालय स्थानान्तरण गर्न सकारात्मक भएको बताउनुभयो । कार्यालयका लागि जग्गाप्राप्तीका लागि मन्त्रालयबाट सहयोगको अपेक्षा गरिएको उहाँको भनाई छ ।

भर्खरै

सम्बन्धित खबर

Language »