सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लुम्बिनी प्राविधिक बिश्व विद्यालयको नाममा जग्गा छिट्टै आउने – खत्री

नेपालगन्ज, लुम्विनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीले लुम्बिनी प्राविधिक बिश्व विद्यालयका पदाधिकारीसँग मंगलबार मन्त्रालयमा छलफल गर्नुभएको छ ।

सो अवसरमा मन्त्री खत्रीले बिश्वविद्यालयलाई बिश्वमै चिनाउने गरि कार्यक्रम सञ्चालन गर्न निर्देशन दिनुभयो । उहाँले केही दिनमा जग्गा प्राप्तीको काम हुने जानकारी गराउँदै मन्त्रालयका तर्फबाट आवश्यक सहयोग गर्ने बताउनुभयो । जग्गाको सम्बन्धमा संघीय सरकारका भूमि ब्यवस्था मन्त्री बलराम अधिकारीसँग मन्त्री खत्रीले मंगलबार नै छलफल गर्नुभएको छ ।

मन्त्री खत्रीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग समेत यस विषयमा छलफल गरिसकेको जानकारी दिनुभयो । सो अवसरमा बिश्व विद्यालयका उपकुलपति प्रा. डा.विनोदप्रसाद ढकाल, सेवा आयोगका अध्यक्ष कृष्णप्रसाद घिमिरे, रेक्टर रेगबहादुर भण्डारीले सहकुलपति समेत रहनुभएका मन्त्री खत्रीलाई बिश्व विद्यालयको विभिन्न कार्यक्रम र भावी योजना बारे जानकारी गराउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »