सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लुम्बिनीमा कम विद्यालय बढि विद्यार्थीको अवधारणा

नेपालगन्ज, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले शिक्षा क्षेत्रमा परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ ।

सामाजिक विकास मन्त्रालय शिक्षा तथा सामाजिक विकास निर्देशनालयको आयोजनामा सोमबारदेखि सुरु भएको राष्ट्रिय योग्यता प्रारुप तथा अनौपचारिक शिक्षाको पाठ्यक्रम सम्बन्धि प्रबोधीकरण र लुम्बिनी प्रदेशको आव २०८१–८२ को शैक्षिक नीति तथा कार्यक्रम सम्बन्धि छmफलको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री महराले भन्नुभयो, ‘शिक्षा क्षेत्रमा क्रमागत नभई परिणाम दिने गरि परिवर्तन होस भन्ने पक्षमा प्रदेश सरकार रहेको छ ।’ उहाँले स्थानीय सेवा ऐन विधेयक संसदको आगामी अधिवेशनमा पेश गरि पारित गर्ने बिश्वास दिलाउनुभयो ।

सो अवसरमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीले बर्तमान चुनौतीको सम्बोधन गर्न सक्ने गरि शिक्षा क्षेत्रमा परिवर्तनको जरुरी भएको बताउँदै शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार गम्भिर भएको बताउनुभयो । मन्त्री खत्रीले भन्नुभयो, ‘सामुदायिक विद्यालयमा प्रति विद्यार्थी लगानी बढाउँदै जादा पनि ति विद्यालय किन सुक्न थालेका छन् ? यसतर्फ सबैपक्ष गम्भिर बन्न आवश्यक छ ।

’ उहाँले सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार विकासमा मात्रै जोड नदिई सामुदायिक तथा सामाजिक पूर्वाधार विकासमा मन्त्रालयले अबदेखि जोड दिने बताउनुभयो । विद्यालय कम र विद्यार्थी धेरैको अवधारणा अनुसार प्रदेश सरकार अघि बढ्ने उहाँको भनाई छ ।

मन्त्री खत्रीले बार्षिक नीति तथा कार्यक्रम र बजेटको तयारीका सन्दर्भमा प्रदेशका १०९ वटै स्थानीय तहका शिक्षा शाखा प्रमुखको सहभागितामा कार्यक्रम गरिएको बताउनुभयो । मङ्गलबारसम्म सञ्चालन हुने कार्यक्रममा मन्त्रालयका सचिव थानेश्वर ज्ञवालीले स्थानीय तहका शिक्षा शाखा प्रमुखहरुबाट प्राप्त सुझावका आधारमा अघि बढ्ने बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »