सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राजीनामा दिएपछि मन्त्रालयको जिम्मेवारी

घोराही, लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएको १६ दिनपछि पुनः मन्त्रालयको जिम्मेवारी समाल्नुभएको छ ।
जनता समाजवादी पार्टीबाट लुम्बिनी प्रदेश सरकारमा सहभागी मन्त्री अहिरले वैशाख ८ गते राजीनामा घोषणा गर्दै सरकारबाट बाहिरिनुभएको थियो तर समाजवादी पार्टीमा विभाजन आएसँगै राजीनामा दिनुभएका मन्त्री अहिरले सोमबार देउखुरीको लालमटियामा रहेको मन्त्रालयमा पुगेर पुनः जिम्मेवारी समाल्नुभएको छ ।


संसदीय दलका नेतासमेत रहनुभएका अहिर पार्टी विभाजनपछि अशोक राईको नेतृत्वमा बन्ने पार्टीमा सहभागी हुने गरी लुम्बिनी प्रदेश सरकारमा सहभागी हुनुभएको हो । मन्त्री अहिरले राजनीतिक लाइन स्पष्ट गर्दै संस्थापनइतर समूहमा रहेको सन्देशसमेत दिनुभएको छ । जिम्मेवारी समालेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विगतमा केही असन्तुष्टिका कारण मन्त्रालय छोडेको बताउनुभयो ।

अहिले पार्टीको केन्द्रबाट निर्देशन प्राप्त भएपछि सरकारमा सहभागी भएको उहाँले बताउनुभएको थियो । मन्त्री अहिरले भन्नुभयो, “कति दिन मन्त्रालयलाई बन्धक बनाएर राख्ने ? असन्तुष्टिहरू पनि विस्तारै मेटिँदै जान्छन् ।”

भर्खरै

सम्बन्धित खबर

Language »