सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

होलीमा अवाञ्छित गतिविधि गर्ने साढे ७ सय सवारी साधन नियन्त्रणमा, १०२ जना पक्राउ

काठमाडौँ / फागु पूर्णिमा (होली) पर्वका दिन आइतबार देशभरबाट एक सय २ जनालाई प्रक्राउ गरेको प्रहरीले जनाएको छ । 

जवरजस्ती रंग दल्ने, मादक पदार्थ सेवन गरी झैझगडा गर्ने र सार्वजनिक स्थलमा होहल्ला गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको नेपाल प्रहरीका प्रवक्ता भिमप्रसाद ढकालले जानकारी दिए ।

‘यसपटकको फागु पूर्णिमा विगत वर्ष हेर्दा तुलनात्मक रुपमा शान्तिपूर्ण भयो । ठूला अपराधका घटनाहरु भएका छैनन्,’ उनले भने । मापसे गरी सवारी सधान चलाउने, ट्राफिक नियम उल्लंघन गर्ने ७ सय ७५ सवारी साधनलाई होल्ड गरिएको पनि प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयकाअनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै साढे ६ सय मोटरसाईलक/स्कुटर होल्ड गरिएको छ । १५ वटा सवारी साधान पनि होल्डमा परेका छन् । कार्यालयका एसपी अवधेश बिष्टले लापरवाही गर्ने र मापसे गरि सवारी साधन चलाउनेलाई होल्ड गरिएको बताए ।

त्यस्तै काठमाडौंबाट ७०, भक्तपुरबाट ४ र ललितपुरबाट २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिष्टले पनि विगतका वर्षभन्दा शान्तिपूर्ण ढंगले फागु पूर्णिमा पर्व सकिएको जनाए ।

भर्खरै

सम्बन्धित खबर

Language »