सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

माइती लिक्युड डिसवास र फटाफट मिस्त्री बिच कार्यसम्पादनमा सहकार्य गर्ने सहमती

काठमाडौं । हरेकको भान्छामा प्रयोगहुने माइती लिक्युड डिसवास र हरेकको घरमा नभईनहुने फटाफट मिस्त्री बिच कार्यसम्पादनमा सहकार्य गर्ने सहमती भएको छ ।
बढ्दो बैदेशिक युवा पलायनतालाई रोक्दै कसरी आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदेश्यका साथ स्थापित दुवै कम्पनीको लक्ष्य र उदेश्य मिल्दोजुल्दो भएपछि दुवै पक्षको सहमतीमा कार्यसम्पादनमा सहकार्य गर्न लागिएको ह
गोकर्णेश्वर नगरपालिकामा स्थापना भएको खुसी इन्डष्ट्रिज प्रा.लि.को उत्पादन माइती डिसवास लिक्यूड र बुढानीलकण्ठ नगरपालिका वडानम्बर १० मा सेवामुलक ब्यवसायको रुपमा दर्ता भएको फटाफट मिस्त्री प्रा.लि. दुवैले सामाजिक योगदान सहितको रोजगारी सिर्जना गर्दै बैदेशिक पलायनतालाई रोक्ने तथा आर्तमनिर्भर अर्थतन्त्रको बिकास गर्ने लक्ष्य लिएका छन् ।
कपन म्याङ्गो डाँडामा रहेको बृक्षालय रिसोर्टमा आज भएको भेटघाट पछि खुसी इन्डष्ट्रिज प्रा.लि.का प्रमुख सुशिल मोक्तान र फटाफट मिस्त्री प्रा.लि.का प्रमुख प्रदिप मैनाली ,कम्पनीका ब्यवस्थापक शिव बुढाथोकी, कम्पनीको बरिष्ठ सल्लाहकार प्रेम बहादुर कार्कीले एक अर्को कम्पनी बिच भाईचाराको सम्बन्ध बिस्तार गर्दै सहकार्य गर्ने सहमती गरेका हुन् ।
खुसी इन्डष्ट्रिज प्रा.लि.ले उत्पादन गरेको माइती भाँडा माझ्ने लिक्युडको बजारिकरण र फटाफट मिस्त्री प्रा.लि.ले दिने प्लम्बिङ,टेक्निसियन,कापेन्टर,ईलेक्ट्रिसियन,घर तथा अफिस संग सम्बन्धित प्राबिधिक समस्याहरु समाधानका सेवाहरु बिस्तार गर्दा एक पक्षले अर्को पक्षलाई सघाउने सहमति भएको हो ।
सहमती गर्ने खुसी इन्डष्ट्रिज प्रा.लि.बिगत तिन बर्ष देखि सन्चालनमा रहेको कम्पनी हो भने फटाफट मिस्त्री प्रा.लि.यहि बर्षबाट सेवा दिन थालेको कम्पनी हो ।
फटाफट मिस्त्री प्रा.लि.ले स्वरोजगारको साथमा आत्मनिर्भर अर्थतन्त्रको बिकासमा जोड दिनको लागि बिभिन्न संघ संस्था तथा स्थानीय सरकासंग सहकार्य गरेर बेरोजगार युवायुवतीहरुलाई प्राबिधिक तालिम दिएर आफ्नो कम्पनी मार्फत रोजगार दिलाउन समेत पहल थालिसकेको तथा यसमा स्थानीय सरकारको तर्फबाट समेत सकारात्मक प्रतिकृया आएको कम्पनीका प्रमुख प्रदिप मैनालीले बताएका छन् ।
यसैबिच खुसी इन्डष्ट्रिज प्रा.लि. र बृक्षालय रिसोर्ट एण्ड कालिज फार्म बिच पनि सहकार्यको सहमती भएको छ । बृक्षालय रिसोर्ट एण्ड कालिज फामका सन्चालक सुवास कुँवरले दुवै पक्षले एक अर्काको ब्यपार ब्यवसायलाई माथि उठाउन सहयोग गर्ने सहमती भएको जानकारी गराएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »