सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कपिलवस्तुमा घुससहित वडाध्यक्ष पक्राउ



कपिलवस्तु, कपिलवस्तुको महाराजगन्ज नगरपालिका(२ का अध्यक्ष उजेर अलि घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले आइतबार उनलाई वडा कार्यालयबाट नियन्त्रणमा लिएको हो ।

अलिले सेवाग्राहीसँग घर बाटो सिफारिस गर्ने नाममा घुस लिएको अवस्थामै उनी पक्राउ परेका हुन् । अख्तियारको टोलीले कार्यकक्षबाट घुससहित पक्राउ गरेको आयोगको कार्यालय बुटवलका सूचना अधिकारी तथा उपसचिव भेषराज रिजालले जानकारी दिनुभयो । उजेरबाट घुसवापत लिएको १५ हजार रकमसमेत बरामद गरिएको छ । (गोरखापत्र अनलाइन)

भर्खरै

सम्बन्धित खबर

Language »