सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा सम्पन्न दन्त चिकित्सकहरुको प्रथम क्षेत्रिय कार्यशाला

नेपालगन्ज, बाँकेको नेपालगन्जमा सम्पन्न दन्त चिकित्सकहरुको प्रथम क्षेत्रिय कार्यशालामा सहभागी चिकित्सकहरुले दन्त चिकित्सामा पछिल्लो समय प्रयोग भईरहेका नविन प्रविधि यन्त्र, उपकरण लगायतका बारेमा जानकारी आदान प्रदान गरेको बताएका छन् ।

दाँतको समस्या र यसको उपचारका क्षेत्रमा आएका नवीन प्रविधि तथा खोज अनुसन्धानबारे कार्यशालामा व्यापक छलफल र सिकाई आदान प्रदान गरिएको आयोजक नेपाल डेन्टल एसोसिएसन बाँकेका अध्यक्ष डा.प्रतिक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले दक्षता अभिवृदि गर्न कार्यशालाले महत्वपूर्ण भुमिका खेलेको विश्वास व्यक्त गर्नुभयो ।

यसैबिच कार्यक्रमका स्पिकर डा.श्याम काजी महर्जनले कार्यशालामा पछिल्ला डिजिटल प्रविधिका बारेमा उपस्थित चिकित्सकहरु बिच प्रयोगात्मक छलफल भएको बताउँनुभयो । कार्यक्रममा दन्त चिकित्सासम्बन्धी अत्याधुनिक उपकरण एवं औषधिजन्य पदार्थको प्रदर्शनी राखिएको थियो ।

दुईदिन सम्म चलेको कार्यशालामा बाँके ,बर्दिया, कैलाली, कञ्चनपुर सुर्खेत लगायतका ठाउँमा कार्यरत ६० बढी दन्त चिकित्सकहरुको सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »