सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मन्दिरा शर्माको “ नेता ज्यू , मेरो नेता ज्यू ”बोलको गीत सार्वजानिक

काठमाडौं । वर्तमान अवस्थामा आम नागरिकको भावना र आक्रोशलाई प्रतिनिधित्व गर्ने गरि मिडियाकर्मी मन्दिरा शर्माले “ नेता ज्यू , मेरो नेता ज्यू ”बोलको गीत बजारमा ल्याएकी छिन् ।
भुमे संचार अफिसियल युट्युब च्यानलबाट सार्वजानिक गरिएको गीतमा शब्द गणेश सुबेदी , संगीत मनोज माले र स्वर मन्दिरा शर्माको रहेको छ ।
अहिले गीतको अडियो मात्र सार्वजानिक गरिएको छ भने । यसको भिडियो कस्तो बनाउने भन्ने बारेमा निर्माणपक्ष संग छलफल भई रहेको संचारकर्मी मन्दिरा शर्माले बताएकी छिन् ।
केहि समयमानै गीतको भिडियो दर्शकमाझ ल्याउने पहल भईरहेको उनले बताएकी छिन् ।
नेताहरुलाई प्रश्न र गालि गरिएको यो गीतलाई आम दर्शक श्रोताले कसरी लिन्छन् त्यो भने हेर्न बाँकी छ ।

भर्खरै

सम्बन्धित खबर

Language »