सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आध्यात्मिकता र आधुनिकताको सुन्दर संयोजन: कश्यप एकेडमी

काठमाडौं । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती प्राध्यापक, शिक्षक, शिक्षिकाबाट व्यावसायिक एवं गुणस्तरीय शिक्षा प्रदान गर्ने ,विज्ञान-प्रविधि, आध्यात्मिकता र उद्यमशीलताको संगम मैत्रीनगर–२, कीर्तिपुरमा रहेको कश्यप एकेडेमी विद्यार्थीहरुको पहिलो रोजाइमा पर्दै आएको छ ।

आधुनिक शैलीको पठन पाठनमा विशेष जोड दिँदै कश्यप एकेडेमीले विद्यार्थीको सिकाइ र उनीहरूको भविष्यलाई बढी महत्व दिदै लामो समय शैक्षिक अनुभव बटुलेका शिक्षक, शिक्षिकाबाट अंग्रेजी माध्यममा पढाइ, अतिरिक्त क्रियाकलाप र पारिवारिक वातावरणमा आउने शैक्षिक सत्रबाट केही नयाँ योजनाहरू सहित कक्षा नर्सरीदेखि कक्षा नौ सम्म नयाँ भर्ना खुला गरेको स्कुलको संस्थापक प्रिन्सिपल, आर.बी. अधिकारीले बताउनु भयो ।

कश्यप एकेडेम स्कुलले छोटो समयमानै गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावक माझ आफ्नो भिन्न पहिचान बनाउँदै विद्यार्थी अनुकूल शिक्षण पद्धती अनुसार शिक्षण सिकाइ गरिने भएकोले अभिभावक र विद्यार्थीको पहिलो रोजाइ बन्न सफल भएको पनि अधिकारीले बताउनु भयो ।

स्कुलमा विद्यार्थीहरूका लागि पर्याप्त मात्रामा फराकिलो खेलमैदान, उपयुक्त कक्षा कोठाहरू, अत्याधुनिक सुविधा सम्पन्न भवन, पुस्तकालय , स्तरीय प्रविधि प्रयोगशाला,सुरक्षा व्यवस्था पूर्णरुपमा सुरक्षित एवं व्यवस्थित, यातायातको आवश्यकता रहेका विद्यार्थीलाई सवारी साधनको व्यवस्था उपलब्ध छन् ।

जहाँ सुरिक्षत तवरले शान्त वाताबरणमा विद्यार्थीले अध्ययन गर्न पाउँछन् ।

भर्खरै

सम्बन्धित खबर

Language »