सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाग्मती प्रदेशकाे सहयाेगमा काभ्रेको धुलिखेल अस्पतालमा काेराेना भाइरसकाे परिक्षण शुरू

काठमाडौं । बाग्मती प्रदेश सरकारले कोरोना संक्रमण परीक्षण तथा उपचारका लागि धुलिखेल अस्पताललाई धुलिखेल नगरपालिकामार्फत २० लाख रूपैयाँ उपलब्ध गराए पछि आइतबारबाट काभ्रेको धुलिखेल अस्पतालले कोरोना भाइसर परीक्षण सुरु गरेको हाे ।कोरोना भाइरस (कोभिड–१९)को परीक्षण दायरालाई बढाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चैत ७ गते छलफल भएको भएको थियो । उक्त छलफलमा उपत्यकाबाहिर धुलिखेल अस्पताल र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण सेवा सुरु गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार धुलिखेलमा रहेको धुलिखेल अस्पतालमा टेस्ट किट नेपाल सरकारले पठाएपछि आइतबारबाट कोरोना परीक्षण सुरु गरिएको अस्पतालका सूचना अधिकारी डा सुमन ताम्राकारले जानकारी दिए । ‘आवश्यक टेस्ट किट नेपाल सरकारले उपलब्ध गराएपछि परीक्षण सुरु गर्न थालेका छौं’, डा ताम्राकारले भने ।

किट काम हुनाले धेरै स्वाब एकैसाथ परीक्षण गर्नुपर्ने भएकाले यो परीक्षण सेवा हप्तमा दुई दिन मात्र हुने डा निराजन भुसालले जानकारी दिए । अब हरेक आइतबार र बुधबार मात्र कोरोना परीक्षण हुने डा भुसालले बताए । आइतबा सुरुमा धुलिखेलमा विदेशबाट फर्केका १२ जनाको स्वाब परीक्षण गरिने डा भुसालले जानकारी दिए । परीक्षण गरिएको रिर्पोटआउन ४ देखि ५ घण्टा लाग्ने डा भुसालले बताए ।

सबैखाले तयारी पुरा गरेर कोरोना परीक्षण गर्न लागिएको धुलिखेल अस्पतालको प्रमुख डा राजेन्द्र कोजुले जानकारी दिए । ल्याब र त्यसमा चाहिने सबैखाले तयारी र चाहिने सामाग्री पीपीई र किट नेपाल सरकारबाट उपलब्ध भएपछि डाक्टरको टिम बनाएर परीक्षण गर्न सुरु गरिएको डा कोजुको भनाइ छ।

प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले उक्त रकम नगरपालिकाको खातामा पठाइसकेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले जानकारी दिए । झाकाअनुसार धुलिखेल अस्पतामा कोरोना संक्रमणको परीक्षण सुरु भएपछि छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली तथा भक्तपुरका केही नागरिकलाई सहज हुनेछ । यसअघि धुलिखेल अस्पतालले कोरोना परीक्षणको लागि टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालमा स्याम्पल पठाउने गरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »