काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)सिन्धुपाल्चोक ,पाँचपोखरी थाङ्पाल – काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा युवा नेता मनिष श्रेष्ठ सर्वसहमत निर्वाचित भएका छन् ।
आज भएको ,पाँचपोखरी थाङ्पाल काठमाडौं सम्पर्क समन्वय समितिको दोश्रो भेलाले अध्यक्षमा मनिष श्रेष्ठ सहित २५ सदस्यिय कार्यसमिति चयन गरेको हो ।
एस एम एस पार्टी प्यालेसमा आज सिन्धुपाल्चोकका युवा नेता ,बागमती प्रदेशका पुर्व मन्त्री तथा प्रदेश सांसद युवराज दुलाल“शरद”को प्रमुख आतिथ्यता, सिन्धुपाल्चोक ,पाँचपोखरी थाङ्पाल काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा युवा नेता मनिष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भेलामा माओवादी केन्द्रका केन्द्रिय सदस्य चन्द्र बहादुर थापा,प्रदेश सचिवालय सदस्य चिरन्जिवी आचार्य “चिराग” सम्पर्क समन्वय प्रदेश समितिका कोषध्यक्ष ठुलोबाबु श्रेष्ठ लगायतका सिन्धुपाल्चोकका माओवादी नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा शुभकामना मनतब्य राख्दै बिद्यार्थी तथा युवा नेताहरुले वर्तमान राज्य सत्ताले सिन्धुपाल्चोकमा माओवादीलाई मुख्य राजनैतिक शक्तिको रुपमा स्विकार गर्न अझै नटेरेको भन्दौ अवश्यकता परे फेरी माओवादीको पावर देखाउन सकिने बताए ।
कार्यक्रकममा बोल्ने अधिकांश नेताहरुले पार्टीको आन्तरिक शुदिृढिकरण आजको आवश्यकता भएकोले परिस्थिति अनुसार सबै नेता कार्यकर्ता एकजुट हुनको लागि संगठनलाई ब्यवस्थित बनाउन पार्टी सदस्यता नविकरण तथा वितरण कार्यलाई जोड दिदै संगठन मजबुद बनाउनु पर्ने बताए ।
कार्यक्रममा बोल्दै नेताहरुले हाल सालै सिन्धुपाल्चोका नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पुर्व मन्त्री मोहन बहादुर बस्नेतले माओवादी प्रति दिएको अभिव्यक्ति र गरेको व्यवहारले नेपाली काँग्रेसको असली चरित्र उदाङ्गो पारिदिएको बताए ।
कार्यक्रममा बोल्दै पुर्व मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि युवराज दुलाल“शरद”ले कुकुरले खुट्टा टोक्यो भन्दैमा कुकुरको खुट्टा टोक्न जान नहुने भन्दै माओवादीको आई लाग्ने माथि जाई लाग्ने तर निहु खोज्दै नजाने नीति रहेको प्रष्ट पारे ।
भेलाले श्रेष्ठको अध्यक्षतामा निम्नानुसार कार्यसमिति चयन गरेको छ ।
अध्यक्ष : मनिष श्रेष्ठ
उपाध्यक्ष : लक्ष्मी पुरी लामा / उपाध्यक्ष क.संगिता धिताल
सचिव : रुपक बन्जरा /सह सचीव क.राजकुमार परियार
कोषाध्यक्ष : हिसी दोर्जे लामा
सदस्यहरुमा
तत्व बहादुर तामाङ
अमिर योन्जन
सुरज श्रेष्ठ
निरज अधिकारी
सुवर्ण श्रेष्ठ
उमेश आचार्य
उत्तम श्रेष्ठ
नितिन श्रेष्ठ
वाङ्मो तामाङ
आईती तामाङ
सानुकान्छा तामाङ
देश बहादुर थिङ
कुल बहादुर शेर्पा
रुपेश बि.क.
राजकुमार श्रेष्ठ
शनिस आचार्य

सिन्धुपाल्चोक,पाँचपोखरी थाङ्पाल – काठमाडौं सम्पर्क समन्वय समितिको नेतृत्वमा मनिष श्रेष्ठ निर्वाचित








