सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

महाराजगञ्जमा यसरी लाग्छ शनिबारे बजार

काठमाडौं । काठमाडौंको महाराजगञ्जमा रहेको ‘लि शेर्पा रेस्टुरेन्ट’ परिसरमा हरेक शनिबार ‘लि शेर्पा फार्मर्स मार्केट’ चल्दै आएको छ।

यो बजार विगत १४ वर्षदेखि सञ्चालित छ।स्थानीयस्तरमा उत्पादित वस्तु तथा सामग्रीको प्रोत्साहन गर्न यो बजार सुरू गरिएको हो। यहाँ स्वदेशीका साथै विदेशी ग्राहक पनि उल्लेख्य संख्यामा आउँछन्।

शनिबारको यो बजारमा किसानले स्थानीय स्तरमा उत्पादन गरेका फलफूल, तरकारीहरू लगायत खानेकुरा बेच्न राख्छन्। त्यस्तै, नेपाली ब्रान्डका सामानहरू पनि पाइन्छ।

बजार बिहान ७ बजेदेखि १ बजेसम्म चल्छ। प्रत्येक साता सयभन्दा बढी स्टल राखिन्छ। शनिबार बाहिर चोकदेखि नै किसानले आफूले उत्पादन गरेका सामान बेच्न राखेका हुन्छन्।

भर्खरै

सम्बन्धित खबर

Language »