नेपालगन्ज, माता बागेश्वरी सहकारी संस्थाका अध्यक्ष रसिद अहमद कुरेसिले आज राष्ट्रिय गान र दुइ मिनेट घण्टी९ताली० बजाउन सबैलाई अपिल गरेका थिए ।
बेलुकी सात बजे नेपालगन्जमा रहेका सबै चोक चोकमा दुइ मिनेट आम नागरिकहरुको रक्षक९ स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सहयोगी दाताहरुको हौसला बढाउने सोचले सो कार्यक्रम गरिएको हो ।

बिश्वब्यापी रुपमा महामारिको रुपमा फैलिएको नोबेल कोरोना कोभिड १९ को डर उत्पन्न गरेको छ । तर भनिन्छ नि मान्छेको मनमा डर उत्पन्न भएपछी अनेक उपाय आउछ डरबाट जोगिन ।
हाल कोरोनाको त्रासको कारण कहिले जमिन खन्ने कहिले कालोटिका लगाउने कहिले शान्ती र स्वास्थको कामना गर्ने भनेर पुजाआजा समेत अनेक तरिका अपनाइ रहेका छन ।
यसै गरि अहिलेको अवस्थामा सबैलाई अरुको भन्दा आफ्नो मात्र चिन्ता रहेको छ । तर माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुरेसिले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सहयोगी दाताहरुको लागि पनि सबै नागरिकहरुले राष्ट्रिय गान र दुइ मिनेट घण्टी ताली बजाउने सोचले आज बेलुकी सात बजे चोक चोकमा सो कार्यक्रम गरिएको ताएका छन् ।
कार्यक्रममा ७ बजे अरु आम स्थानीय नागरिकहरुले पनि लकडाउन पालना गर्दै आ(आफ्नै घरबाट २ मीन राष्ट्रिय गान गाएर सहयोग गरेका थिए जसकालाई अध्यक्ष कुरेसीले सम्पुर्णमा धन्यवाद समेत प्रकट गरेका छन ।
अध्यक्ष अनुसार संस्थाको चैत्र २७ गते बसेको बैठकको निर्णय अनुसार आफ्ना सम्पुर्ण ७ हजार ५ सय शेयर सदस्य ,साधारण सदस्य, कर्मचारी , र उपभोक्ता लगायत आम नगरबासिलाई कोरोना उपचारार्थमा खटिएका सुरक्षाकर्मी, स्वास्थकर्मि सन्चारकर्मिको सम्मान र आम नेपालीहरुको स्वास्थ लाभको कामना गर्दै आज बेलुका ७ बजे सामाजिक दुरि कायम गरि आ(आफ्नो घरको झ्याल ढोकाबाट राष्ट्रिय गान गाई २ मिनट सबैलाई ताली बजाउन अपिल गरेका थिए।उनले यस महामारी बाट बच्नको लागी आफ्ना सम्पुर्ण शेयर सदस्य, साधारण सदस्य कर्मचारि उपभोक्ता लगायत सम्पुर्ण नेपालीहरुलाई सरकारले लगाएको नियम पालना गरेर घर मै बस्न अनुरोध समेत गरेका थिए ।
साथै नयाँ २०७७ वर्षको स्वागत गर्दै गत वर्ष २०७६को लागि पनि राष्ट्रिय गानले देशलाई समेत सम्मान दिएको अध्यक्षले बताएका छन ।