नेपालगंज , केन्द्रीय मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितिको आयोजनामा नेपालगंज उपमहानगरपालिका वड़ा नम्बर ७ पीपल चौतारा नजिक आज बजे २१ फिटको राष्ट्रीय झण्डा फिरोज अहमद हल्वई वारसीको नेतृत्वमा फहराइएको छ । झण्डा फहराइएपछि सामुहिक रुपमा राष्ट्रिय गाान पनि गाइएको थियो ।
![](https://i2.wp.com/www.sarakhabar.com/wp-content/uploads/2020/04/92765578_242064106986007_8173835076577001472_n.jpg?fit=765%2C1024&ssl=1)
उक्त कार्यक्रममा वडा नम्बर ७ र वडा नम्बर ३ का समाजसेवी तथा युवाहरुको सकृय सहभागिता रहेको थियो ।
त्यसैगरी केन्द्रीय मोहर्रम पर्व तथा कर्बला व्यवस्थापन समितिको तर्फबाट हिजो राति ८ नेपालगंज उपमहानगरपालिका वड़ा नम्बर ७ को पीपल चौतारादेखि वडा नम्बर ३ को फुलवारी मस्जिद मार्ग र एकलैनीसम्म मैनबत्ती बालेर नयां वर्ष २०७७ को आगमनको साथै कोरोना (कोभिड-१९) भाइरसको महामारीबाट नेपाल लगायत संसारमुक्त होस् भनि प्रार्थना गरिएको थियो ।