सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा

काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत आजको खेलमा काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले पोखरालाई १३ रनले पराजित गर्दै प्लेअफमा प्रवेश गरेको हो । पोखराको भने प्लेअफमा पुग्ने सम्भावना कठिन बनेको छ ।

यसअघि सुदूरपश्चिम रोयल्सले प्लेअफमा पुगिसकेको छ । अब थप दुई टोलीले प्लेअफमा पुग्नेछन् । आजको खेलमा काठमाण्डुले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखरा २० ओभरमा १५२ रनमा समेटियो ।

पोखराका लागि ऋषि धवनले सर्वाधिक ५४ रन बनाए ।

भर्खरै

सम्बन्धित खबर

Language »