काठमाडौं । फागुन २१ गते हुने निर्वाचनका उम्मेदवारको टुंगो लगाउन नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही बेरअघि सुरु भएको बैठकले फागुन २१ गते हुने निर्वाचनका उम्मेदवारको टुंगो लगाउने बताइएको छ । निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम भएकाले एमालेले आज उम्मेदवारको नामावलीलाई अन्तिम रुप दिने तयारी गरेको हो ।
आजको बैठकमा फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन लगायत कांग्रेसभित्र बदलिँदो राजनीतिक परिवर्तन लगायत समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने बताइएको छ ।








