सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सनासो प्रहार गरी श्रीमतीको हत्या

काठमाडौं । रुकुम पश्चिममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका–१ का ७४ वर्षीय गणेशबहादुर कामीले ६५ वर्षीया श्रीमती पम्फा कामीको टाउको र हातमा सनासो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

घटना शुक्रबार अपराह्नको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिप्रसाद पुनका अनुसार अभियुक्त गणेशबहादुरलाई हिरासतमा लिएर कारबाही थालिएको छ ।

अभियुक्तले मादक पदार्थ सेवन गरी श्रीमतीमाथि सनासो प्रहार गरेको जानकारी आफूलाई प्राप्त भएको उनले बताए । रासस

भर्खरै

सम्बन्धित खबर

Language »