काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ किलो ६ सय ७० ग्राम सहित श्रीलंकन नागरिक २२ वर्षीय DILAN ANANDARAJAN लाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
एयर अरेबियाको उडानद्वारा काठमाडौंबाट शारजाहा दुबई प्रस्थान गर्न लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








